शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु […]

जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी, बानेश्वर क्षेत्रमा सेना परिचालन

काठमाडौँ । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिए । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले […]

सामाजिक सञ्जाल बन्द गर्नु मुसा मार्न घरमा आगो लगाएजस्तै : नागरिक प्रथम अभियान

काठमाडौं । नागरिक प्रथम अभियानले सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारी कदम मुसा मार्न घरमा आगो लगाएजस्तै मुखर्तापूर्ण भएको जनाएको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मुसा मार्न घरमा आगो लगाउनु व्यवहारिक हुँदैन, यो मूर्खता हो। सामाजिक सञ्जाल चलाउने आधा दर्जन विदेशी कम्पनीलाई दुःख दिएको, धम्क्याएको भनिरहँदा आफ्ना देशका […]

जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरको घुम्ती शौचालय

काठमाडौं । जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ । सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेकाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो । अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका […]

प्रदर्शनका लागि कलेज ड्रेसमै माइतीघर आइपुगे जेनजी, एसपी र डीएसपीहरूले सुरक्षा कमाण्ड गर्दै

काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन् । कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्डसहित आइपुगेका छन् ।  प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था […]

भ्रष्टाचार र सामाजिक सन्जाल बन्दविरूद्ध प्रदर्शन गर्दै जेनजी पुस्ता, दुर्गा प्रसाईंलाई नआउन आग्रह

काठमाडौँ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर […]

देउवाको पोस्टमा बालेनको प्रश्न : यो पोस्ट कुन भीपीएनबाट हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पोस्ट गरेका थिए । देउवाले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम […]

बौद्धमा अन्धाधुन्ध खुकुरी प्रहार गर्ने तीन जना भारतबाट पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं । बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतबाट पक्राउ परेर काठमाडौं ल्याइएको छ । १२ साउनका राति राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार […]

माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा

काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकिएको हो । पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा […]

ट्रान्सफर्मर घोटाला भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम बनाउने कमसल ट्रान्सफर्मर घोटाला सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु भएको छ । भदौ १२ गते सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासमा ‘हेर्दाहेर्दै’ मा राखेर यो मुद्दामा सुनुवाइ हुँदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले […]