काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातवटै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधी प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताए । रेबिज […]
Author: ननस्टप संवाददाता
कपिलवस्तु र झापामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । कपिलवस्तु र झापामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुमा दुई र झापामा एक जनाको मृत्यु भएको हो । दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी […]
देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर […]
कर्णाली विकास बैंक घोटाला प्रकरण : सवा ३ अर्ब हिनामिना, १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ । यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । केही दिनअघि मात्रै अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय उच्च […]
रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने
रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि (साउन १२ गते) बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ। गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। […]
अनन्त भन्छन्- प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड’ हुन्, उनलाई दोष दिने प्रवृत्ति रोक्नुपर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड भएको बताएका छन् । पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले प्रचण्डले प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको पुनको भनाइ थियो […]
भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव सुर्खेतमा फेला
सुर्खेत । रूकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव पनि सुर्खेतमा फेला परेको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका टिपर चालक २० वर्षीय हरि विकको शव फेला परेको रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए। भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा शुक्रबार फेला परेको विकको शवको शनिबार […]
गाजामा प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषित
गाजा । गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ। बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्। यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी […]
भारतको नयाँ दिल्लीबाट फर्काइए भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलालाई […]
एमाले निर्णयको प्रतिवाद गर्न पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । पत्रकार सम्मेलनमार्फत एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा […]











