काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। कूल ८७ जना निवर्तमान सांसदमध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन दर्ता गरिएको हो। कांग्रेसका थप सांसदहरूको हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत सर्वोच्च अदालतमा दर्ता गरिएको सर्वोच्च अदालतका सह–रजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार पूरक निवेदन दर्ता भइसकेको र भोलि […]
Author: ननस्टप संवाददाता
तीन दलका शीर्ष नेता, राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो । […]
जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलायो, ओलीलाई पनि पत्र काट्ने तयारी
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको आयोगका एक पदाधिकारीले बताए । आयोगले आन्दोलनको समयमा तत्कालीन प्रशासनिक […]
कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम खुला
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि परीक्षा आवेदन भर्न आह्वान गरेको हो। सूचना अनुसार साधारण समयभित्र परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम […]
माइतीघर मण्डलामा आज पनि जेनजीहरुको विरोध प्रदर्शन जारी
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आज पनि जेनजीहरुले प्रदर्शन जारी राखेका छन् । जेनजीहरुको माग पूरा नभएको भन्दै सरकारविरुद्ध जेनजीहरुले प्रदर्शन गरेका हुन् । यसअघि सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले दमन गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाएको थियो । सोमबार मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो । संयुक्त […]
सर्वोच्चको परमादेश – सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नउठाउनू
काठमाडौँ । सर्वोच्च अदालतले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग शुल्क नउठाउन परमादेश जारी गरेको छ। नि:शुल्क र अनिवार्य शिक्षा संविधानले नै प्रत्याभूत गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले विद्यार्थी र अभिभावकसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउन भनेर परमादेश जारी गरेको हो। आइतबार बसेको उक्त इजलासले परमादेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता एवं […]
कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी ‘लक’ गरिने
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयसीमा पुस ९ गते मध्याह्न १२ बजेसम्म कायम गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले पुस ९ गते मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरणको प्रणाली (सिस्टम) ‘लक’ गर्ने निर्णय गरेको हो। नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा भने पुस १० गते प्रणाली लक […]
तराईमा अत्यधिक चिसो बढ्यो, गौरका विद्यालय ४ दिन बन्द
रौतहट । शीतलहर र बढ्दो चिसोका कारण गौर नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गौर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आजदेखि ११ गतेसम्म पठनपाठन बन्द रहने गरी सूचना जारी गरेको हो। उक्त बिदा विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने नगरपालिकाले जनाएको छ। चिसोका कारण विद्यार्थीहरूको उपस्थिति न्यून भएको […]
जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दै सरकारी टोली
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो । सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय […]
पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुने ईश्वर पोखरेलको चेतावनी
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक […]











