आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले […]

सरकार सहमतिबाट पछि हटेको भन्दै नेपाल शिक्षक महासंघले दियो आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाल नेपाल शिक्षक महासंघले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ। महासंघले विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारी मैत्री प्रावधानहरू समावेश नगर्न खोजिएको आरोप लगाएको छ। महासंघले अघिल्ला ८९ दिने आन्दोलन र त्यसपछि भएका समझौता सम्झाउँदै सरकारले प्रतिबद्धता उल्लङ्घन गरेकोप्रति गम्भीर आपत्ति जनाएको हो। विशेषगरी, वैशाख १७ गते राज्य पक्ष […]

आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली […]

यस्तो छ काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको […]

अब साउन १ गतेदेखि सरकारी निकायले चेक काट्न नपाउने

काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको […]

स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद […]

इनरुवामा शंकास्पद तरिकाले घरभित्रै मृत भेटिए दम्पत्ति

विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ । सवेताको शव […]

राजेन्द्र लिङ्देनविरुद्ध लट्ठी टेकेर निर्वाचन आयोग पुगे नवराज सुवेदी

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष […]

उत्तर कोरियाको प्रतिबद्धता – युक्रेन युद्धमा रुसलाई ‘बिना सर्त समर्थन’

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन्। दुई देशबीच उच्च-स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन्। उत्तर कोरियाले रुसको युक्रेन युद्धका […]

मधेशमा बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोजकत्वमा कार्यदल पुनर्गठन

जनकपुरधाम । मधेश प्रदेशको बजेटमा भएको त्रुटि छानबिन गर्न उपसभामुख बविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन भएको छ । सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमत पार्टीका चन्दन सिंह र सम्भु साह, र राष्ट्रिय लोकतान्त्रिक समाजवादी पार्टी (रालोसपा) की रमिता प्रधान छन्। विपक्षी दलहरूमध्ये जसपा […]