चौतर्फी बिरोध भएपछि विधान संशोधनबाट पछि हटे ओली

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा एजेन्डाका रूपमा राखिएको विधान संशोधन प्रस्ताव अस्वीकृत भएको छ । नेतृत्व चयनका लागि शनिबारबाट सुरु हुन लागेको एमालेको ११ औँ महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव बैठकमा एजेन्डाका रूपमा आए पनि अस्वीकृत भएको एक सचिवालय सदस्यले जानकारी दिए । ‘बैठकको एजेन्डामा विधान संशोधन प्रस्ताव पनि थियो तर […]

मन्त्रिपरिषद् विस्तार, शीतलनिवासमा ४ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेका थिए । लगत्तै शपथग्रहण गराइएको हो । मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, […]

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित नगरिए सडकमा उत्रिने जेनजी युवाहरुको चेतावनी

काठमाडौँ । जेनजी अभियन्ताहरूले विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्न दिने व्यवस्था तत्काल गर्न सरकार र निर्वाचन आयोगलाई माग गरेका छन्। शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले २० लाखभन्दा बढी प्रवासी नेपालीलाई मतदान अधिकारको ग्यारेन्टी गर्न सरकार बाध्य हुने चेतावनी दिए। अभियन्ता शिरिष साहीले विदेशमा बस्ने नेपालीको संख्या धेरै भएकाले उनीहरूलाई मताधिकारबाट वञ्चित राख्नु लोकतान्त्रिक […]

ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन

काठमाडौँ । अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्। बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि राष्ट्रपति मदुरोले लिने नीतिमा समर्थन रहने बताएका हुन्। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले […]

पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते

बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले […]

सशस्त्रले बनायो १७ बुँदे निर्वाचन परिचालन नीति

काठमाडौं । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ । आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति‘ तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए । निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको […]

चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की , ४ मन्त्री थपिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् । आज विस्तार हुने मन्त्रिपरिषद्‍मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन-कुन मन्त्रालय […]

धुर्मुसको प्रस्टोक्ति – छोरीको उपचार गर्न अमेरिका आएका हौं, फर्कन्छौं

काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आफू छोरीको उपचारका लागि अमेरिका आएको बताएका छन्। शुक्रबार बिहान फेसबुकमा स्ट्याटस लेखेर धुर्मुसले आफू श्रीमतीसहित छोरीको उपचारका लागि अमेरिका आएको बताएका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेपछि विवादमा तानिएका धुर्मुस सपरिवार अमेरिका भागेको भनेर शुक्रबार सामाजिक सञ्जालमा चर्चा भएको थियो। त्यसपछि धुर्मुसले फेसबुकमार्फत बकपत्र जारी गरी आफू भागेको […]

नेपाली सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवालगायतमा ३८८ जनाका लागि भर्ना खुलाएको छ । प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा भर्ना खुलाइएको हो । नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचारप्रसार, इलेक्ट्रिसिएन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन, ब्याण्डलगायतका पदमा भर्ना खुलेको छ । खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा […]

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो । एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।