नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार राष्ट्रिपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रह गराएका हुन् । उनी मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी थिइन् ।

मधेशमा वारुणयन्त्रमार्फत खानेपानी बाँड्दै प्रदेश सरकार

जनकपुरधाम । वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ । बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन् । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो […]

साउनमा ब्याजदर घट्ने

काठमाडौं । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्‍यो । त्यस्तै स्थायी तरलता सुविधा दर […]

भरतपुरको सिमलतालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको मिनी ट्रक

मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर२९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । […]

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ ग्रहण आज

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम […]

२७ रनमा अलआउट भएपछि वेस्ट इन्डिजले बनाएका पाँच वटा खराब कीर्तिमान

काठमाडौँ । अस्ट्रेलियाविरुद्ध किंगस्टनमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजले लज्जास्पद प्रदर्शन गर्‍यो। दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिज १७६ रनले पराजित भयो। जससँगै तीन खेलको सिरिज अस्ट्रेलियाले ३-० ले जित्यो। तेस्रो टेस्टको दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिजको नाममा खराब कीर्तिमान ओइरो लाग्यो। २७ रनमा अलआउट: खेलको चौथो इनिङग्समा वेस्ट इन्डिजको पूरै टिम […]

एसएसपी बोगटीको नेतृत्वमा स्पेन भ्रमणबारे छानबिन गर्न समिति गठन, थाल्यो काम

काठमाडौँ । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरू भइसकेको बताए। ‘समिति बनेपछि अहिले हामी छलफलमै छौं। काम […]

अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ । एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो । ‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत […]

ओझाको निलम्बनपछि बीमा प्राधिकरणको जिम्मेवारी पोखरेललाई

काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै शरद ओझा स्वतः निलम्बनमा परेसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका थिए । प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ […]