राजपामाथि उपेन्द्र यादले लगाए यस्तो गम्भीर आरोप, २ नम्बर प्रदेशमा कसले बनाउला सरकार ?

काठमाडाैं, ३ पुस । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा तालमेल गरेका दुर्इ पार्टीबीच मत परिणाम अाए लगत्तै यस्ताे चर्काे अालाेचना सुरु भएकाे छ । प्रदेश नम्बर २ मा राजपा र फाेरम बराबरी हैसियत अाएपछि यी दुर्इ दलले प्रदेश सरकार गठन गर्ने अनुमान गरिएकाे थियाे । तर, त्यसका विपरित दुर्इ दल सुरुदेखि नै एकअर्का विरुद्ध […]

पुनर्वासका नाममा नेपालमा दातृ निकायले यसरी गर्दैछन मनपरी, सरकार बेखबर

काठमाडाैं, ३ पुस । पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन् । उनीहरूको यस्तो पहलबारे न परराष्ट्र मन्त्रालय जानकार छ, न त गृह मन्त्रालयसँग नै कुनै समन्वय गरिएको छ । स्थानीय प्रशासन समेत बेखबर छ […]

अहिलेसम्मकै बढी बिगो मागदाबीमा गरेर नयाँ रेकर्ड राखेको अख्तियारको दावी

काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा […]

राजधानीमा भारतीय ‘चल्ला समूह’का चोरको बिगबिगी

काठमाडाैं, ३ पुस । उपत्यकाका विभिन्न स्थानमा भएका शृंखलाबद्ध चोरी तथा डकैतीका घटनामा भारतीय पोदार थरका ‘चल्ला समूह’ सक्रिय रहेको पाइएको छ । बोतल–कागज, फलाम लगायत ‘कवाडी’ सामान संकलन गर्ने आवरणमा चोरी तथा डकैतीमा भारत बिहारका पोदार समूह सक्रिय रहेको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ । उनीहरूले काठमाडौंमा ‘चल्ला समूह’ नाम दिएर अपराध […]

७७ वटै जिल्लाका सिडियोले दिए यस्तो चेतावनी, प्रदेश सरकारलार्इ सहयोग गर्न नसकिने उद्घोष

काठमाडाैं, ३ पुस । देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारअन्तर्गत राखिए ‘असहयोग’ गर्नेसमेत चेतावनी दिएका छन् । चेतावनीसँगै मुख्यमन्त्रीको कार्यालय र त्यसअन्तर्गत बन्ने प्रदेश गृह मन्त्रालयसँग क्षेत्रीय तथा जिल्ला सुरक्षा प्रमुखहरूबीच अधिकारक्षेत्र […]

भारतभन्दा नेपालमा इन्टरनेट सुविधा सस्तो र छिटो

काठमाडाैं । नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ […]

यस्तो छ पर्यटक स्तरका होटलहरुको क्षमता, देशभरिका होटेलमा राखियो भने वार्षिक २५ लाख पर्यटक धान्न सक्ने

काठमाडाैंं, ३ पुस । नेपालमा रहेका होटलले वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने एक अध्ययनले देखाएको छ । पछिल्लो समय गरिएको एक सर्वेक्षणले नेपालमा २५ लाख ३१ हजार पर्यटक धान्नसक्ने क्षमता पर्यटकस्तरका होटलमा रहेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणअनुसार हाल पर्यटकस्तरका होटलसहित तारे होटलहरूमा दैनिक ६९ हजार ३ सय ३५ […]

हारेपछि चर्को आरोप(प्रत्यारोपमा उत्रिए कांग्रेस नेता

काठमाडाैं, ३ पुस । देश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको […]

देउवाले आरजुलार्इ किन पठाए सुटुक्क नयाँदिल्ली ?

काठमाडाैं, ३ पुस । बावगठब्नधनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्नतः उही पराजय नै पर्यो । चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, […]

फक्सवागनले खोल्यो यूएन पार्कमा नयाँ सर्भिस सेन्टर

काठमाडाैं । नेपालका लागि फक्सवागनको आधिकारिक आयातकर्ता पूजा इन्टरनेसनल नेपालले बिक्रीपछिको सेवा अझ सहज एवं स्तरीय रुपमा प्रदान गर्ने उद्देश्यका साथ ज्वागल, पाटनमा अवस्थित यूएन पार्कमा नयाँ आधिकारिक सर्भिस केन्द्र सञ्चालनमा ल्याएको छ । यस नयाँ आधिकारिक सर्भिस सेन्टरबाट ग्राहकहरुले मर्मतसम्भारसम्बन्धी सेवाका अतिरिक्त फक्सवागनका सक्कली पार्टपुर्जाहरु एवं सामानहरु पनि प्राप्त गर्न सक्नेछन् । “हामी फक्सवागन […]