काठमाडाैं, १७ असार । दाङमा व्यवसायी तथा व्यापारीहरुकाे अपहरण गरी हत्याका घटना बढ्दै गएका छन् । पछिल्लाे समयमा यसरी चार जना चर्चित व्यवसायीहरुकाे अपहरण र हत्या भइसकेकाे छ । शुक्रबार तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठकाे शव भेटिएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । तुल्सीपुरबाटै कारसहित अपहरणमा परेका व्यवसायी श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए […]
Author: Nonstop Khabar
पर्यटन मन्त्रालयमा १ वर्षमै ५ मन्त्री फेरिए । ५ वर्षमा १२ मन्त्री
काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग पङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ । मन्त्रालय तथा मातहत निकायको विकास […]
सासूले बुहारीलार्इ असारे हिलोमा पछारेपछि । कतै १ मत त कतै गोलामा पराजित
काठमाडाैं, १७ असार । स्थानीय चुनावकाे दाेस्राे चरणमा पनि धेरै राेचक र रमार्इला तथ्यहरु बाहिर अाएका छन् । चुनाव गराउन गएका कर्मचारीहरु दिनभर कुर्दा पनि मतदाताहरु नअाएका समाचारदेखि भिडन्तका खबरसम्म अनि कतै सासुले बुहारीलार्इ पराजित गरेका त कतै शिक्षकलार्इ विद्यार्थीले पराजित गरेका कथा पनि अाएका छन् । त्यसैगरी कतै उम्मेदवारहरु १ मतले मात्र पराजित भएका […]
नेपालमा वास्तविक प्रजातन्त्र नै छैन
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]
परिषदमा हिस्टानको तालावन्दी
भक्तपुर । सामुदायिक उच्च माध्यमिक विद्यालयमा दरवन्दीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएको उमाविका शिक्षकहरुको संगठन हिस्टानले उच्च माध्यमिक शिक्षा परिषदको परीक्षा शाखामा तालावन्दी गरेको छ । ११ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको हिस्टानले सरोकारवालाहरुले यसबाट पनि आफ्ना मागको सुनुवाई नभएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । हिस्टानका महासचिव पुष्प न्यौपानेले सरकार र […]
भत्कियो १४० वर्षे आइरन गेट
नेपालमा विद्यालय तहको अन्तिममा दिइने परीक्षालाई विद्यार्थीको सबैभन्दा ठूलो परीक्षाका रुपमा लिइन्छ । यसवर्षबाट एसईई भएको र यसअघिसम्म एसएलसी भनिएको परीक्षा विश्वविद्यालयमा विद्यार्थीले दिने परीक्षाभन्दा निकै बढी चासो, चर्चा र महत्वको मानिन्छ । निकै धेरै परीक्षार्थी सहभागी हुने र शैक्षिक योग्यताको पहिलो महत्वपूर्ण खुड्किलोका रुपमा रहेको यो परीक्षाले करिब एक सय चालीस वर्षदेखि नेपालमा अनेकौ […]
अपहरित व्यवसायी राजकुमार मृत अवस्थामा फेला
सल्यान, १६ असार । केही दिन अघि दाङकाे तुल्सीपुरबाट अपहरणमा परेका व्यवसायी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । अज्ञात समूहले उनलार्इ केही दिन अघि अपहरण गरेर वेपत्ता पारेकाे थियाे । व्यापारी श्रेष्ठकाे शव अाज सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटिमा भेटिएकाे हाे । साेही ठाउँमा नेपाल टेलिकमकाे टावर पनि रहेकाे छ । […]
रजत वर्षमा अष्ट्रेलियामा श्रृङ्खलाबद्ध प्रस्तुति दिँदै नेपथ्य
काठमाडाैं । नेपालकाे चर्चित रक ब्याण्ड नेपथ्यकाे साङ्गितिक यात्रा अष्ट्रेलियामा पुगेकाे छ । अष्ट्रेलियामा बसोबास गर्दैआएका नेपालीहरुले धेरै राेजाइमा परेपछि नेपथ्य समूह यस वर्ष पनि श्रृङ्खलाबद्ध साङ्गीतीक यात्रामा अष्ट्रेलिया पुगेकाे हाे । १८अाैं शताब्दीमा मात्र पत्ता लागेको अष्ट्रेलिया प्रशान्त महासागरस्थित एउटा विशाल टापु हो । त्यही टापु नै आज समृद्ध अष्ट्रेलिया बनेको छ । अष्ट्रेलिया […]
साउदीका गोठलाहरु आधारभूत अधिकारबाट वञ्चित भएकाे कतारकाे अाराेप
काठमाडाैं । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत […]
देउवा छाडेर केपीसँग सम्बन्ध बढाउने तयारीमा राजपा
काठमाडौं, १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ। राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्न समेत सुरु गरेको छ। आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने बताइएकाे छ । असार २१ मा बस्ने […]