फक्सवागनले खोल्यो यूएन पार्कमा नयाँ सर्भिस सेन्टर

काठमाडाैं । नेपालका लागि फक्सवागनको आधिकारिक आयातकर्ता पूजा इन्टरनेसनल नेपालले बिक्रीपछिको सेवा अझ सहज एवं स्तरीय रुपमा प्रदान गर्ने उद्देश्यका साथ ज्वागल, पाटनमा अवस्थित यूएन पार्कमा नयाँ आधिकारिक सर्भिस केन्द्र सञ्चालनमा ल्याएको छ ।

यस नयाँ आधिकारिक सर्भिस सेन्टरबाट ग्राहकहरुले मर्मतसम्भारसम्बन्धी सेवाका अतिरिक्त फक्सवागनका सक्कली पार्टपुर्जाहरु एवं सामानहरु पनि प्राप्त गर्न सक्नेछन् ।

“हामी फक्सवागन समूह सदैव ग्राहकहरुलाई अतिरिक्त सेवा प्रदान गर्ने सम्बन्धमा दत्तचित्त भइरहने गर्दछौं,” नयाँ आधिकारिक सर्भिस स्टेसनको उद्घाटन गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले भने, “बिक्रीपछिको सेवा त्यसैको एक उपलब्धि हो ।

फक्सवागन हाँक्नु हुने र खरीद गर्नु हुने हाम्रा गाहकहरुले प्राप्त गर्नु भएको अत्याधिक सन्तुष्टिलाई मध्यनजर राख्दै उहाँहरुलाई आफ्नो यात्राको दौरानमा सर्भिसिङको समेत भरपर्दो फक्सवागन अनुभव प्रदान गर्नु हाम्रो एकमात्र चाहना भएकै कारण हामीले आधिकारिक सर्भिस सेन्टरको विस्तार गरेका हौं ।”

उनले यसप्रकारको आधिकारिक सर्भिस केन्द्रहरुलाई नेपालको अन्य स्थानहरुमा पनि क्रमशः विस्तार गर्दै लैजाने जानकारी दिए । शोरुम उद्घाटनका अवसरमा फक्सवागनले आफ्ना ग्राहकलाई निःशुल्क कार जाँच र धुलाईको अफर प्रदान गरेको छ

Loading...