तारा श्रीस र आर्यन तामाङले ल्याए ‘मायाको चौघेरो’ (भिडिओ)

भ्वाइस अफ नेपाल सिजन–३ का उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङले पहिलो गीत ‘मायाको चौघेरो’ ल्याएका छन्। गत शुक्रबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमका बीच गीतको भिडिओ सार्वजनिक गरिएको हो। रोमान्टिक शैलीको गीतमा युवा गायक जोसेफ शाही ठकुरीको शब्द/संगीत रहेको छ। विषम आचार्यको संगीत संयोजनले गीत थप सशक्त बनेको छ। ए वन म्युजिसियन स्टुडियोमा […]

मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल भारतसँग २-१ले पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो। भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक […]

यस्तो छ माधव नेकपाको अपानि, १० बुँदे सहमित जालझेलमात्रभएको दावी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आन्तरिक सर्कुलर गर्दै एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । पार्टीको पहिलो अन्तर पार्टी निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली नमिलेपछि आफूहरुले बाध्यता भएर जायज विद्रोह गरेको अध्यक्ष नेपालले बताएका छन् । ओलीले एमालेको नवौं महाधिवेशनले तय गरेका कार्यदेश उल्लंघन गरेको, कम्युनिष्ट […]

संसद अधिवेशन सरकार र सभामुखलाई फलामको चिउरा हुने संकेत

काठमाडौँ । यही भदौ २३ गते बुधबार संघीय संसदको अधिवेशन शुरू हुँदैछ । मुख्य विपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद चलाएर देखाउन’ सभामुख अग्निप्रसाद सापकोटालाई हाँक दिएका छन् । नेकपा एमालेले निष्काशन गरेका भनिएका १४ जना सांसद बर्खास्त भएको भन्ने सूचना नटाँसेकोमा ओलीले करिब तीन साताअघि नै त्यस्तो हाँक दिएका […]

बराबरीमा सकियो नेपाल-भारत मैत्रीपूर्ण खेल

नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो। खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन। नेपालले खेलको ३६ मिनेटमा अग्रता लियो। नेपालका लागि अञ्जन विष्टले गोल गरे। भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सकेनन्। त्यही अवसरमा अञ्जन विष्टले […]

एमसीसी लागु नगरे देश बन्दैन भन्ने बुद्धिजीवीहरुका नाममा

नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नुपरिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो सहयोग र अनुदानमा जे जस्ता शर्तहरू राखिन्छन, त्यसले नेपालको अस्मितामा सधै चोट पुग्ने गरेको छ। नेपालको नीति निर्माण प्रक्रियामा दाताहरु हावी […]

ईपीएल विजेताले ५० लाख पाउने

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । […]

मेस्सीको डेब्यू खेलमा एम्बाप्पेले गरे गोल

काठमाडौँ । लियोनल मेस्सीको डेब्यु गरेको खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि केलियन एम्बाप्पेले गोल गरेका छन् । आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोलले हराएको हो । नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मेस्सी ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको […]

घरमा आगलागी हुँदा जलेर श्रीमान्-श्रीमती दुवैको मृत्यु

लमजुङ १५ भदौ । सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ को घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ। आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए। ‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ […]

इजरायल जानेको परीक्षा भदौ अन्तिम साता

काठमाडौं । ‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ। रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए। ‘परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ,’ उनले भने। केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा […]