धरहराको टुप्पाबाट ’नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा

काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित […]

एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ मा मतदान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको […]

चितवनमै बस्यो एमाले केन्द्रीय कमिटीको पहिलो बैठक

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रित बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् । केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते […]

एमाले नयाँ नेतृत्वका लागि सकियो मतदान

काठमाडौं । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्। एमाले सचिव योगेश भट्टराईले टाढा घर हुने साथीहरू घर गएकाले कम मत खसेको हुन सक्ने बताए। ‘मतदान सकियो। सायद टाढा […]

जीप दुर्घटनामा ४ को मृत्यु, ३ घाइते

म्याग्दी, १३ मंसिर । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी […]

कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमार्डौं । कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । […]

मेस्सीले जिते सातौ पटक बालोन डिुओरको उपाधि

एजेन्सी । लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र […]

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

काठमाडौं । एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए। उनीहरूले सर्वसम्मतिमा केन्द्रीय सदस्यको नाम आउँदा आफूहरू पर्ने सोच बनाएका थिए। तर, केन्द्रीय सदस्यको सूचीमा नअटाएपछि उनीहरू अलमलमा […]

सान्जेन र रसुवागढी आयोजना छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीकोसमेत लगानी रहेका आयोजनाहरु काम जतिसक्दो छिट्टो […]

अजेयराज सुमार्गीको टेलिकम कम्पनी हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो। असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग […]