कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमार्डौं । कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् ।

केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ ।

प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । तर, प्रहरी अस्पताल स्रोतले भने प्रधानन्यायाधीश सोमबार भर्ना भएको पुष्टि गर्यो । आइतबार सर्वोच्च अदालत गएका प्रधानन्यायाधीश जबरा सोमबार भने सर्वोच्चमा नआएको अदालत स्रोतको भनाइ छ । स्रोतका अनुसार आइतबारदेखि नै उनलाई खोकी लागिरहेको थियो ।

Loading...