आईपीएल अक्सनमा १५ नेपाली खेलाडी, बिक्लान सन्दिप ?

काठमाडौं, ८ माघ । इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराएका छन्। आईपीएलले शनिवार बिज्ञप्ति जारि गर्दै यो सिजन अक्सनको लागि विश्वभरबाट १ हजार २ सय १४ जना खेलाडीले नाम दर्ता गराएको घोषणा गरेको छ। त्यस मध्ये […]

लता मंगेशकरबारे अस्पतालले जारी गर्यो नयाँ जानकारी

काठमाडौं, ८ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको अवस्थामा सुधार भएको तरपनि उनी अस्पतालको इन्टेन्सिभ केयर युनिट अर्थात् आइसीयूमा नै भर्ना हुने अस्पतालले जानकारी दिएको छ । हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकर कोरोनाद्वारा संक्रमित पाइएकी थिइन् । त्यसपछि उनलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो । लता मंगेशकरको […]

मौसमी फ्लू र कोरोना संक्रमण कसरी छुट्याउने?

काठमाडौं, ८ माघ । कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ। यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डराएका र परीक्षण गर्ने गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लीनीकल […]

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट

काठमाडौं, ८ माघ । ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट हटाएको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरुको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उइगुरलाई होच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको छ’ ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेको छ । चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका मुसलमानको […]

गहिरो श्वास लिनुका फाइदाहरु

काठमाडौ, ८ माघ । दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ ।   यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् […]

मधुसूदनको फिल्ममा भित्रिए आर्यन

काठमाडौं, ८ माघ । अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ फिल्ममा उनी भित्रिएका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । ‘डेस्टिनेशन काठमाडौँ’, ‘ब्ल्याक’, ‘निर्भय’ जस्ता फिल्म निर्देशन गरेका भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको छ । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को […]

भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा-आकाश सम्बन्धको साइड इफेक्ट ?

काठमाडौं, ८ माघ । एक वर्षअघिसम्म अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले धमाधम म्युजिक भिडियोमा काम गरिरहेका थिए । पूजा र आकाशलाई लिएर महंगो पारिश्रमिकमा भिडियो बनाउन निर्माताले कुनै कञ्जुस्याइँ गरेनन् । तर, पूजा र आकाशको मित्रतामा दरार आएपछि उनीहरु म्युजिक भिडियोमा कमै मात्र एकसाथ देखिन थाले । केही महिनायता छायांकन भएका भिडियोमा त […]

आमा बनिन् प्रियंका चोपडा

काठमाडौं, ८ माघ । बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । […]

आइतबार देशभरका अदालत बन्द

काठमाडौं, ८ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो […]

१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं, ८ माघ । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । यस्तै कास्कीमा ४००,मोरङमा […]