साहसिक पर्यटनको केन्द्र पोखरामा थपियो ‘जायन्ट स्विङ’

पोखरा । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी पोखरामा पछिल्लो समय साहसिक खेलका विविध विधा थपिएका छन्। हिमश्रृखङ्ला, ताल तलैया तथा मिलेको बस्तीले सजिएको पोखरामा पछिल्लो समय साहसिक खेलका गतिविधि थपिँदै गएका छन्। पोखरामा प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, राफ्टिङलगायत उपलब्ध रहेको शहर पोखरामा पछिल्लो समय ‘जायन्ट स्विङ’ पनि थपिएको […]

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले जानकारी दिए। हाल कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको […]

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने समझदारी जुटाएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव अनुसार तीनै निर्वाचन एकै पटक गर्ने समझदारी जुटाइएको हो। बैठकमा […]

एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ: प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् । प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे […]

साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लो समय उनी कोरोनासँग लडिरहेका थिए । मानन्धरलाई भाषासेवी, समाजसेवीका रुपमा पनि चिनिन्छ भने उनी पूर्वसांसद समेत हुन्। उद्योगी मानन्धरलाई केही दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल लगेको केही समयमा नै उनको ९३ […]

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे […]

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा […]

धनुष र ऐश्वर्या रजनीकान्तको डिभोर्स

काठमाडौं, ५ माघ । साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् । दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने […]

अक्षय कुमारको ‘बच्चन पाण्डे’को रिलिज मिति मार्च १८ लाई तोकियो

काठमाडौं, ५ माघ । भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै सिनेमा हल बन्द छन् । जसका कारण रिलिजको संघारमा रहेका थुप्रै चलचित्रको मिति पोष्टपोन्ड गरिएको छ । तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीहरुले लिएका छन् । मार्च महिनामा नै नयाँ बलिउड चलचित्रको प्रदर्शन मिति तय गरिनुले पनि यो कुराको पुष्टि गर्दछ । मार्च […]

‘चपली हाइट ३’ हेरेपछि कलाकारहरुले भने- निकेश भर्सटायल निर्देशक

काठमाडौं, ५ माघ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सोमबारबाट सिनेमा हल बन्द गर्ने निर्णय गर्‍यो । हल बन्द भएपछि सबैभन्दा बढी मारमा पर्‍यो शुक्रबार मात्रै रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ । तीन दिन मात्र चल्न पाएको यो चलचित्र हेर्न आइतबार बेलुका अधिकांश कलाकारहरु पुगे । चलचित्र हेरिसकेपछि उनीहरुले निर्देशक […]