सिमकोट, ९ माघ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि […]
Author: Nonstop Khabar
विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले, पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन निर्वाचन आयोगले भन्नु नै गैरसंवैधानिक भएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको भन्दै आफूहरुले त्यही जवाफ लेखेर पठाउने बताए । आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई […]
सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी
काठमाडौं, ९ माघ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । ललितपुर प्रहरी प्रमुख […]
आमा बन्दै अभिनेत्री काजल अग्रवाल
काठमाडौ, ९ माघ । बलिउड तथा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्ने भएकी छन्। उनका श्रीमान गौतम किच्लुले सन् २०२२ को नयाँ वर्षका दिन इन्स्टाग्राममा यसबारे जानकारी दिएका थिए। पेसाले व्यवसायी गौतमले काजलको फोटो राख्दै क्याप्सनमा गर्भवतीको इमोजी राखेर आफूहरू आमाबुवा बन्न लागेको खबर दिएका थिए। काजलले हालै सामाजिक सञ्जालमा ुप्यारेन्टल क्लासु लिएका […]
मिस वर्ल्डको फिनालीमा ४० सुन्दरी मात्र सहभागी हुँदै, मिस नेपाल नम्रता पनि परिन्
काठमाडौं, ९ माघ । कोरोना महामारीका कारण रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागी हुन पाउने भएका छन्। मिस वर्ल्डले शनिबार सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० प्रतियोगीलाई मात्र फिनालीमा सहभागी गराउन लागिएको हो। उक्त सूचीमा हेड टु हेड च्यालेन्जबाट […]
संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणको चपेटामा
दाङ, ९ माघ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब २५ बिघा जग्गा अतिक्रमणमा परेको छ। विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको जम्मा एक हजार ६६२ बिघा […]
काठमाडौंका विद्यालयहरूले भर्चुअल माध्यमबाट पठनपाठन गराउनुपर्ने
काठमाडौ, ९ माघ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ। केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, […]
अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट, ७ जनाको मृत्यु
काठमाडौं, ९ माघ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ । हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर […]
पूर्वप्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालत बन्द
काठमाडौं, ९ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको […]
गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण
काठमाडौ, ९ माघ । गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोनाको चपेटामा परेको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । उनले आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै सबैलाई सतर्कता रहन समेत अनुरोध गरेकी छन् । ‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘ मास्क […]











