दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

देउखुरी, १० माघ। देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार […]

राष्ट्रिय सभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं, १० माघ । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्नलगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले आइतबार नै वक्तव्य जारी गर्दै आग्रह गरिसकेको छ । […]

कोरोना खोप लगाएको केहीबेरमै कैलालीमा एक पुरुषको ज्यान गयो

कैलाली, ९ माघ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक पुरुषले ज्यान गुमाएका छन्। कैलारी गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ५३ वर्षीय लक्ष्मण डगौराले ज्यान गुमाएका हुन्। कैलारी वडा नम्बर ४ का अध्यक्ष भिखराम चौधरीकाले कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टापछि डगौराको मृत्यु भएको जाकारी दिएका छन्। ‘डगौरा खोप लगाएर […]

चुनावबारे संविधानसँग बाझिएको कानुन संशोधन गर्न सरकारलाई संविधानविद्हरूको सुझाव

काठमाडौं, ९ माघ । संविधानसँग बाझिने कानुन स्थानीय तह ऐन २०७३ संशोधन गर्न संविधानविद्हरूले सुझाव दिएका छन्। बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरूसँग भएको छलफलमा संविधानविद्हरूले ऐनलाई संविधानअनुसार ढाल्न कानुन संशोधन गर्न सुझाव दिएका हुन्। ‘हामीले प्रतिनिधिमुलक रूपमा संविधानविद्हरूसँग छलफल गर्‍यौं। संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न उहाँहरूले सुझाव […]

डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन भारतीय पक्राउ

काठमाडौं, ९ माघ । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने एक युवकसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गत माघ ८ गते काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई पक्राउ गरिएको हो । पक्राउ […]

कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

  काठमाडौं, ९ माघ । काठमाडौंको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडर प्रविन राईको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका हुन् । राइडर राई उदयपुर गाइघाट निवासी हुन् । लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणमा लिइएको […]

बजारमा सिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ९ माघ । सरकारले बजारमा प्यारा सिटामोलको अभाव नभएको जिकिर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बजारमा सिटामोल लगायत कुनै पनि औषधिको अभाव नभएको बताए । उनले प्रदेशिक स्वास्थ्य आपूर्ति कार्यालय विराटनगरमा २७ लाख ६४ हजार, प्रदेशिक आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार, प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र […]

पल र कृष्टिनाको ‘तिमी आउँछौ की भनी’ सार्वजनिक

काठमाडौं, ९ माघ । पछिल्लो समय अभिनेता पल शाह मिडियामा निकै छाउन थालेका छन् । उनी मिडियामा छाउने बिषय कहिले गायिका समीक्षा अधिकारीसँगको सम्बन्ध त कहिले उनी अभिनित म्युजिक भिडियो बन्ने गरेको छ । यस्तैमा पल अभिनित नयाँ म्युजिक भिडियो ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई कृष्टिना थापाले प्रेमिकाको […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ९ माघ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार खुला भएको केही समय दोहोरो अंकले बढेको बजार दिनभरको तीव्र उतारचढावपछि घटेर बजार बन्द भएको हो । नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ९२० दशमलव ५१ अंकमा झरेको छ । कारोबार रकम भने सात अर्ब […]