बुबा बन्दै आदित्यनारायण

काठमाडौं, ११ माघ । गायक, अभिनेता तथा इन्डियन आइडलका प्रस्तोता आदित्य नारायण झा र अभिनेत्री श्वेता अग्रवाल आमाबुबा बन्ने भएका छन् । आदित्यले सामाजिक संजालमा एक पोष्ट गर्दै आफु बुबा बन्न लागेको जानकारी दिएका हुन् । आदित्यले गर्भवती पत्नी श्वेतासँग एउटा तस्बिर शेयर गरेका छन् । तस्बिरमा आदित्य सोफामा र श्वेता भुईँमा बसेकी छन् । […]

युट्युबर साम्राज्ञी !

  काठमाडौं, ११ माघ । एक समय युट्युब भनेपछि नाक खुम्च्याउँथे कलाकार । युट्युबमा अन्तर्वार्ता दिन पर्छ भनेर कतिपय कलाकार कार्यक्रमबाट सुटुक्क भाग्थे । अहिले भने धेरै कलाकार आफैले युट्युब च्यानल चलाउन थालेका छन् ।   हिट, फ्लप, नयाँ र पुराना धेरै कलाकारको आ–आफ्नै युट्युब रहेको देख्न सकिन्छ । यो भिडमा पछिल्लो समयकी हिट अभिनेत्री […]

कोरोना महामारी : गत हप्ता हरेक १२ सेकेण्डमा एकजना सङ्क्रमितको मृत्यु

काठमाडौं, ११ माघ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले सो कुरा बताएका हुन् ।   यद्यपि, उनले महामारीबाट बच्नका लागि व्यापकरुपमा उपायहरू अपनाए यो वर्षको अन्तिमसम्ममा यो अन्त्य पनि हुन सक्ने आशा […]

क्यामरुनको रङ्गशालामा भागदौड, ६ जनाको मृत्यु

काठकाडौं, ११ माघ । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले […]

बालक हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा, ११ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले बालक हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । गत पुस २३ गते जगरनाथपुर–६ का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको घाँटी थिचेर मारिएको अवस्था शव फेला परेको थियो । उक्त घटना संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा गरनाथपुर–६ का ६४ वर्षीय गोवारी […]

भीमफेदी कारागारमा एक थुनुवाको लडेर मृत्यु

हेटौंडा, ११ माघ। शौचालय जाने समयमा लडेका एक थुनुवाको मृत्यु भएको छ । मकवानपुरको भीमफदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो। कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरी थप […]

बारामा दुलाहा–दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु, १२ घाइते

वीरगञ्ज, ११ माघ । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा(दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका–३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए । रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु […]

युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई देश छोड्न अमेरिकाको निर्देशन

अमेरिका । अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्देशन दिएको छ । अमेरिका -युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ । रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै […]

सुनाकोठीको चोरिएको मूर्ति खोज्न अनुसन्धान टोली गठन

ललितपुर, १० माघ । ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । उनले भने, ‘प्राविधिक सहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुल्सहरु प्रयोग […]

कहिले बिहे गर्दै छिन् रेखा थापा?

काठमाडौं, १० माघ । नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन्। चलचित्र निर्माता छविराज ओझासँग एक दशकअघि सम्बन्ध विच्छेद गरेकी रेखाले दोस्रो विवाह गर्न लागेकी हुन्। त्यसयता मित्रपार्कस्थित अपार्टमेन्टमा बसिरहेकी रेखा स्वयंले आफू अर्को घरजम गर्ने तयारीमा रहेको जानकारी यसअगाडि नै सार्वजनिक गरिसकेकी छन्। तर उनले आफ्नो बिहे आउने वर्ष हुने मात्र […]