युट्युबर साम्राज्ञी !

 

काठमाडौं, ११ माघ । एक समय युट्युब भनेपछि नाक खुम्च्याउँथे कलाकार । युट्युबमा अन्तर्वार्ता दिन पर्छ भनेर कतिपय कलाकार कार्यक्रमबाट सुटुक्क भाग्थे । अहिले भने धेरै कलाकार आफैले युट्युब च्यानल चलाउन थालेका छन् ।

 

हिट, फ्लप, नयाँ र पुराना धेरै कलाकारको आ–आफ्नै युट्युब रहेको देख्न सकिन्छ । यो भिडमा पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि थपिएकी छन् । शाहले आफ्नै नामको छोटकरी एसआरएलएस नामक युट्युब च्यानल सञ्चालनमा ल्याएकी हुन् । उनले ‘माई फष्ट भ्लग’ भन्दै एक भिडियो समेत पोष्ट गरेकी छन् । जसमा नयाँ फिल्मको वर्कसपदेखि अन्तर्वार्तासम्म भिडियोसम्म समावेश गरेकी छन् । साम्राज्ञीले पछिल्लो समय अनलाइन व्यवसाय समेत गरिरहेकी छन् ।

उनी अचेल जितु नेपालसँग जोडीको रूपमा एक फिल्म अभिनय तरखरमा समेत गरिरहेकी छन् । कपिल रिजालको निर्देशन रहने उक्त फिल्मको नाम भने अहिले सार्वजनिक गरिएको छैन ।

Loading...