काठमाडाैं, २५ भदाै । शीर्ष ३ मा नपुगेर नेपाल अाइडलबाट बाहिरिएका छन् । नेपाल आइडलको शीर्ष चार प्रतियोगीहरुकाे शुक्रबार भएकाे अडिसनबाट सागर बाहिरिएका हुन् । दर्शकहरुको मतका आधारमा भएको छनौटमा अन्य भन्दा कम मत पाइ उनी बाहिरिएका हुन्। यससँगै नेपाल आइडलको शीर्ष तीन प्रतियोगीहरुमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाँकी रहेका छन्। अन्तराष्ट्रिय फरम्याटको […]
Author: Nonstop Khabar
संसदमा गणपूरक संख्या पुग्दैन अचेल । संख्या नपुग्दा २ पटक बैठक रोकियो
काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक संख्या नपुगेपछि एकै दिनमा संसद् बैठक दुईपटक स्थगित भएको छ । सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव परित गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन […]
कोरियाली आरोहण दलले ल्होत्से हिमाल आरोहण गर्ने
काठमाडौँ, २४ भदौ । अघिल्लो चार पटकसम्म ल्होत्से हिमाल आरोहण गर्न असफल दक्षिण कोरियाली आरोहण दलले पुनःपाँचौँ पटक उक्त हिमाल आरोहण गर्ने भएको छ । आरोहणका हिसाबले सबैभन्दा गाह्रो (८,५१५) मिटर अग्लो ल्होत्सेको दक्षिणी मोहडा आरोहणका लागि कोरियाका साहसिक आरोही सुङ टेक होङ क्गलन त्बभप ज्यलन नेतृत्वको सात सदस्यीय आरोही दल त्यसतर्फ लागेको हो । […]
धरहरा र काण्ठमण्डप पुनःनिर्माणको प्रगति ५ दिनभित्र पेश गर्न निर्देशन
काठमाडौँ, २४ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नआएपछि प्राधिकरणले आज पुनः टेलिकमलाई पत्राचार गरी आधिकारिक धारणा पेश […]
अमृत प्रधान स्मृति कप आजबाट सुरु
काठमाडौँ, २४ भदौ । अमृत प्रधान स्मृति कप फुटबल प्रतियोगिता आज शनिबारदेखि सुरु हुने भएको छ । अमृत साइन्स क्याम्पसका संस्थापक प्राचार्य अमृतप्रसाद प्रधानको स्मृतिमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइद्वारा आयोजना गर्न लागिएको प्रतियोगितामा उपत्यकाका विभिन्न्न १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने इकाइका सचिव समिरराज विष्टले जानकारी दिए । सानो गौचरनस्थित फुटबल मैदानमा शनिबार बिहानदेखि सुरु हुने […]
स्वास्थ्य बीमा प्रभावकारी बन्दै
चितवन, २४ भदौ । हालै लागू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकाअनुसार गाउँ÷गाउँका सर्वसाधारणसमेत बीमाप्रति आकर्षित भएका छन् । रत्ननगर नगरपालिका–१५ स्वास्थ्य बीमा कार्यक्रमकी दर्ता सहयोगी टीका चापागार्इंका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको बताउँछन् । रत्ननगर– १५ का एक हजार २०० मध्ये २०० जनाको बीमा गरिसकेको उनले […]
जसको आलु लगाएरै जीवन बदलियो
चौतारा, २४ भदौ । डेढ दशकअघिसम्म अधिकांशलाई आफ्नो जमिनबाट उत्पादित खाद्यान्नबाट वर्षदिन खान नपुग्ने जेठल गाउँमा आलुखेती गर्न थालेपछि हाल त्यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन भएको छ । मुढेको आलुबाट चर्चा कमाएको सो गाउँमा उत्पादित आलु बिक्रीबाट मात्र वार्षिक रु छ करोड भित्रिन थालेपछि स्थानीयवासीको जीवनस्तर मात्र नभई गाउँको पहिचान नै बदलिएको हो । सिन्धुपाल्चोकको लिशंखुपाखर […]
एकैपटक पाँच करोडको बंगुरको मासु बिक्री
इलाम, २४ भदौ । इलाममा यस वर्ष पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ । पशुसेवा कार्यालयका अनुसार इलाममा बंगुर मासु पसल […]
सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै
काठमाडौँ, २४ भदौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भने, […]
नेपाली नम्बर प्लेटका ग्यास बुलेट छिटो सञ्चालन गर्न माग
काठमाडौँ, २४ भदौ । एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन् । बैठकमा उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले नेपाली […]










