कार्तिक २८ देखि सबै एनलग टेलिभिजन बन्द गर्दै सरकार

काठमाडाैं । सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन […]

सम्बन्धन प्रकरणमा मन्त्रीदेखि काउन्सिल सदस्यसम्मकाे चलखेल

काठमाडाैं, २६ कार्तिक । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री […]

एमाले र माअाेवादी केन्द्रबीच चुनाव अगाडि नै एकता हुने, एकताकाे तिथीमिति ताेकियाे

काठमाडौं, २६ कार्तिक । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको […]

धु्रवसत्यको कथासंग्रह ‘कैरन’ सार्वजनिक

काठमाडौँ, २५ कार्तिक । लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ । साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा आज उक्त कथा संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार आहूतिले कथा संग्रहमाथि टिप्पणी गर्दै दन्त्य कथा, र लोककथा भन्ने शैलीमा कथा लेखिनु नेपाली साहित्यको […]

स्थानीय तहमा २२५ अर्ब पठाइसकियो : योजना आयोग

काठमाडौ, २६ कार्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले सरकारले स्थानीय तहमा विकासका लागि २२५ अर्ब पठाएको जानकारी गराएका छन् । नागार्जुन नगरपालिका रामकोट–६ स्थित नारायण पोखरेल प्रतिष्ठानको १० औँ साधारणसभा र महाधिवेशनमा उनले केन्द्रका धेरै योजना घटाएर स्थानीयमा तहमा बजेट पठाइएको बताए । उनले भने, “अहिले पठाइएको बजेट पर्याप्त नभए पनि हामीले […]

प्राडा पोखरेलले पाए ‘ज्यो हरिप्रसाद अभिनव’ पुरस्कार

काठमाडौँ, २६ कार्तिक । विसं २०७४ को ‘ज्योतिषी हरिप्रसाद घिमिरे अभिनव’ पुरस्कार भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेललाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ एवम् ज्यो घिमिरेको ९५ औँ जन्मजयन्तीका अवसरमा आज जोरपाटीमा आयोजना गरेको १८९ औँ शृङ्खलाको साहित्यिक कार्यक्रममा भाषाविद् प्रा डा चूडामणि बन्धुले पोखरेललाई रु २० हजार, दोसल्ला […]

महानगरका प्रमुख भन्छन, काठमाडौँको कलासंस्कृतिको संरक्षण सम्वद्र्धन मेरो पहिलो प्राथमिकता

काठमाडौँ, २६ कार्तिक । शाक्य फाउण्डेशन नेपालले आज यहाँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । नेपाल संवत् ११३८ का उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नेसमेत उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख शाक्यले काठमाडौँको कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यहाँका ‘बहाः बही’ का रुपमा चिनिने महाविहारको जीर्णोद्धारका योजना र बजेट […]

भारतीय गाडीका कारण सडक, पुलपुलेसा र नेपाली व्यवसायी धरासायी हुँदै, सरकार मौन

रुपन्देही, २६ कार्तिक । यातायात व्यवसायीले नेपालमा निर्वाध रुपमा चलिरहेका भारतीय गाडीहरुलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । अत्यधिक भार बोकेका भारतीय गाडीका कारण नेपालका सडक, पुलपुलेसाहरु भत्कने र दुर्घटना बढ्ने गरेको नेपाली व्यवसायीले बताएका छन् । ठूला भार बोकेका भारतीय गाडीहरुलाई निर्बाधरुपमा छुट दिँदा नेपाली गाडीले काम नपाई व्यवसायी बैंकको व्याज तिर्न नसक्ने […]

कांग्रेसको सभामा प्रमुख अतिथि बन्न सप्तरी पुगेका पर्यटन मन्त्रीलाई आयोगको २४ घन्टे स्पष्टिकरण

काठमाडौँ, २५ कार्तिक । पर्यटन मन्त्री जीतेन्द्रनारायण देव स्पष्टिकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो । मधेशमा आयोजना गरिएको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री देव आयोगको स्पष्टिकरणमा परेपछि अक्क न बक्क भएका छन् । निर्वाचन आयोगले उनलाई प्रमुख अतिथि बनेका कारण स्पष्टिकरण भने सोधेको होइन । उनले सरकारी सवारी साधनको दुरुपयोग […]

आरती थापा भइन २०१७ की पर्यटन सुन्दरी

काठमाडौं । मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । शुक्रबार भएको फाईनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेका अबको दस वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम–२०१७ को उपाधी जितेकी हुन् । थापाले मिस पब्लिक च्वाईसको उपाधि […]