बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, […]
Author: Nonstop Khabar
अर्बौको हिसाब खोज्ने लेखापरिक्षकको मुखमा हजारका लागि र्याल: लेखा परिक्षकहरु नै गर्छन यसरी अनियमितता
काठमाडौँ, १८ पुस । भाेजपुर पुगेका महालेखा परिक्षकको कार्यालयका लेखापरिक्षकहरुले अनियमितता गरेको भेटिएको छ । उनीहरुले जिल्ला समन्वय समितिको क्यान्टिनमा खर्च गरेको ३२ हजार रुपैयाँ सरकारी कार्यालयका लेखा अधिकृतहरुलाई ‘पैसा उठाएर तिर्न’ निर्देशन दिई काठमाडौं फर्केका हुन् । उनीहरुले जिविसको गेष्ट हाउसमा बसेको खर्च समेत तिरेका छैनन् । ‘लेखापरीक्षणमा जिल्ला जाने कर्मचारीको दैनिक खाना/खाजा भत्तासहित […]
किमले दिए यस्तो खतरानाक चेतावनी, ‘आणविक हतियारको साँचो सधैँ मेरो टेबलमा छ’
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ […]
नयाँ वर्षको पहिलो रात १७ हजार चालक मापसे कारबाहीमा
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरू मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी […]
सन् २०१८ को पहिलो दिन जन्मने शिशुको आधा सङ्ख्या नौ मुलुकबाट
एजेन्सी । सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार […]
पहिलो पटक राजधानी छाडेर पोखरामा अन्तराष्ट्रिय चलचित्र महोत्सव
पाेखरा । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पोखरामा हुने भएको छ । राजधानी केन्द्रित भइरहेका फिल्म महोत्सवकाे परम्परालार्इ ताेड्दै यसपाली पहिलाेपटक पाेखरामा याे महाेत्सव गर्न लागेकाे अायाेजकले जनाएकाे छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको उक्त महोत्सव माघ १९ देखि चार दिनसम्म पोखराको उद्योग वाणिज्य संघमा चल्नेछ । पत्रकार सम्मेलनमा सोमबार बताइए अनुसार महोत्सवमा ५३ […]
पाकिस्तानले अमेरिकालार्इ गम्भीर धोका दिएको ट्रम्पको आरोप
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको आरोप लगाएका छन । अमेरिकाबाट अर्बौ डलर सहयोग पाईसकेको पाकिस्तानले आफूलाई धोका दिँदै आतंकवादलाई सहयोग गरिरहेको ट्रम्पको आरोप छ । उनले ट्वीट गर्दै अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब डलर भन्दा बढि सहयोग गरेपनि पाकिस्तानले मुर्ख बनाईरहेको उल्लेख गरेका छन् । अमेरिकाले गत अगष्टमै पठाउने […]
कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु
काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता […]
विद्या भण्डारीलार्इ नै राष्ट्रपति बनाउने केपी ओलीको यस्तो गोप्य योजना
काठमाडौँ, १८ पुस । भावी राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने पक्षमा केपी ओली रहेको रहस्य खुलासा भएको छ । पुरानैलाई निरन्तरता दिएर जनतामा परिवर्तनको महसुस नगराउने चलखेलमा ओली लागिपरेका माओवादी नेता एवं नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले खुलासा गरेका हुन् । ‘केपी ओलीजी अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनेमा हुनुहुन्छ, झलनाथजीले आफू हुनलाई लबिङ गर्नुभएको छ,’ माओवादी […]
इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी
म्यानचस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा चार खेलयता पहिलो जित निकाल्न सफल रह्यो । अर्को खेलमा लिभरपुल पनि विजयी रह्यो । एन्थोनियो मार्टियल र जेसे लिन्गार्डको गोलले म्यानचेस्टरले एभरटनलाई २–० ले हरायो र ४७ अंकसहित फेरि दोस्रो स्थानमा उक्लियो । लिभरपुलले भने बर्नलीलाई २–१ ले हरायो । त्यसमा लिभरपुलका लागि ९० औं मिनेटमा रेग्नर […]











