विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै लाखौ पैसा ठग्ने पक्राउ

काठमाडौँ, २१ पुस । नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले सम्पर्क गरी जागिरमा नाम निकालिदिने […]

नविनतम प्रविधि र विधिबारे छलफल गर्न दन्तरोग विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, २१ पुस । दन्तरोग उपचारमा प्रयोग हुने नविनतम प्रविधि र त्यसको उपचार विधिबारे छलफल गर्ने उद्देश्यले नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौँ राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा हुने भएको छ । यही पुस २८ र २९ गते हुने सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड र हङकङका दन्तरोग विशेषज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, […]

एक अर्ब बढीको साधारण शेयर जारी गर्दै चिलिमिेको सहायक कम्पनी

काठमाडौँ, २१ पुस । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने […]

कक्षा आठको परीक्षाका लागि सफ्टवेयर शुभारम्भ

काठमाडौँ, २० पुस । काठमाडौँ महानगरपालिकाले आजदेखि कक्षा ८ को परीक्षालाई लक्षित गरी अनलाइन आधारित सफ्टवेयरको शुभारम्भ गरेको छ । आज यहाँ आयोजित सफ्टवेयर सार्वजनिक कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले kmcdeo.theconnectplus.com को शुभारम्भ गरेका हुन् । उक्त सफ्टवेयरमा हरेक विद्यालयको नाम र व्यवस्थापनको समग्रताका बारेमा लेख्नुको साथै तत्कालको लागि आठ कक्षा पढ्ने विद्यार्थीको व्यक्तिगत विवरण […]

अत्यधिक चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

रुकुम, २१ पुस । जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन् । चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षकहरूको भनाइ छ । गत […]

सँगै सुतेका दुई साथीलाई घनले हानेर हत्या गर्ने खतरानाक हत्यारा साथी

पोखरा, २० पुस । आफ्नै दुई साथीहरुलाई राती सँगै सुतेको बेला घनले हानेर हत्या गर्ने हत्यारा पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा भवनमा गत आइतबार यसरी विभत्स हत्या गरिएको थियो । धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले यसरी आफ्नै दुई […]

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट, विनोद भण्डारी र सागर पुन आउट

काठमाडौँ, २१ पुस । नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो । छनोट हुनेमा […]

यस्ता छन् सात प्रदेशका अस्थायी राजधानी र कार्यालय भवन

काठमाडाैं, २१ पुस । प्रदेश सभाकाे निर्वाचन भएकाे लामाे समयपछि सरकारले प्रदेश सभा रहने मुकामकाे टुङ्गाे लगाएकाे छ । सहरी विकास मन्त्रालयले सराेकारवालाहरुसँगकाे छलफलपछि तयार गरेकाे याे प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि लागु हुने बताइएकाे छ । निर्वाचन सम्पन्न भएर सांसदहरु चुनिइसकेकाे भए पनि उनीहरु कहाँ रहने भन्ने कुनै टुङ्गाे थिएन । न त प्रदेशकाे राजधानीकाे […]

सामसुङको ग्यालेक्सी ए–८ नेपालमा आयो

काठमाडाै । सामसङ इलेक्ट्रोनिक्सले यसै साता मध्यम गुणस्तरको ग्यालेक्सी ए–८ स्मार्टफोनको बिक्री सुरु गर्ने योजना बनाएको छ । यसका लागि देशकै २ नम्बरको मोबाइल क्यारियर केटीले मंगलबारदेखि नै प्रिअर्डर लिन सुरु गरिसकेको छ । मोबाइल क्यारियरले ग्यालेक्सी ए–८ स्मार्टफोनको कारखाना मूल्य ५ लाख ९९ हजार ५ सय वन अर्थात् ५ सय ६१ डलर पर्ने जनाएको […]

यस्तो रह्यो सन् २०१८ को विश्व अर्थव्यवस्था

एसियामा चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा छन् । ‘सिंगल डे’ का दिनमा मात्र चीनको अग्रणी अनलाइन भुक्तानी प्लेटफर्म अलिपेले मजबुत क्लाउड कम्प्युटिङ कलाको प्रयोग गरेर प्रतिसेकेन्ड २ लाख ५६ हजार भुक्तानीको प्रशोधन गरेको थियो । यो संसारको सबैभन्दा ठूलो खरिद घटना हो । मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत […]