दुई मतले विपक्षीलाई पराजित गर्दै धिमाल तेस्रोपटक फुटबल संघको अध्यक्षमा निर्वाचित

मोरङ, ५ माघ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । धिमालले ८ मत ल्याए भने गिरीले ६ मत प्राप्त गरे । यो विजयसँगै धिमालले जिल्ला फुटबल संघमा […]

प्रधानमन्त्री देउवाको डमी शव बनाएर अन्तिम संस्कार गरियो

Sher Bahadur Deuba

डोटी, ४ माघ । डोटीवासीले प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तिम संस्कार गरेका छन् प्रदेश नम्बर ७ को राजधानी डोटी माग गर्दै आन्तोलानरत जिल्लावासीले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सब यात्रा निकालेका हुन् । लामो समयदेखि आन्तोलनरत डोटी बासीले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेका थिए । बुधबार सरकारले प्रदेश ७ को मुकाम राजधानी धनगढी […]

अनुराधाकाे नियुक्ति विवादमा, दाहालले भने, अनुराधा इण्डियन हुन्

काठमाडौं, ३ माघ । राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालले ३ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्ती पाएकी अनुराधा कोइराला भारतीय भएको अारोप लगाएका छन् । बुधबार सरकारले कोइरालालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । दाहालले सामाजिक संजालमा कोइरालाको बायीग्राफिले भारतीय देखाएको बताउँदै सरकारसँग जवाफ मागेका छन् ।’माइती नेपाल’ मा पश्चिमा देशहरुको लागनी भएको बताउँदै दाहालले […]

कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका राष्ट्रपति ‘रुढीवादी काँग्रेसी’

काडमाडौँ, ४ माघ । लामो समयको घम्साघम्सी, धक्काधक्की र घोचपेचपछि सरकारले बुधबार प्रदेश प्रमुख नियुक्त गर्नुको साथै अस्थायी राजधानी तोकेको छ । सुरुमा सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले प्रदेश प्रमुख र अस्थायी राजधानीबारेको निर्णय गर्न डराएको थियो । निर्णयपछि उत्पन्न हुन सक्ने विरोधको सामना गर्न तयार भएको थिएन । उसले नेकपा एमाले र माओवादी केन्द्रको […]

धनुकटामा ठूलो झडप, प्रशासन कार्यालयमा आगजनी, गोली चल्दा ३ घाइते

काठमाडाैं, ४ माघ । सरकारले प्रदेशका अस्थायी मुकाम ताेकेपछि विभिन्न प्रदेशमा अान्दाेलन चर्किएकाे छ । यसैक्रममा धनकुटामा प्रहरी र अान्दाेलनकारीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बुधवार बसेकाे मन्त्रिपरिषद बैठकले एक नम्बर प्रदेशकाे अस्थायी केन्द्र विराटनगर ताेकेपछि त्यसका विरुद्ध धनकुटामा अाज बिहानैदेखि प्रदर्शन सुरु भएकाे थियाे । धनकुटालार्इ नै एक नम्बर प्रदेशकाे […]

व्यापक विवाद भएपछि धनगढीमा ‘छ लेन’ सडक निर्माण कार्य एकाएक रोकियो

धनगढी, ४ माघ । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ । विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाविना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ जना घर धनीले दिएको मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेश आएपछि सो क्षेत्रको सडक […]

देशव्यापी आन्दोलनमा उत्रेका नर्ससँग वार्ता गर्न सरकारी समिति गठन

काठमाडौँ, ४ माघ । स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् । समितिका संयोजक डा श्रेष्ठले आज संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय […]

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरले सुरु गरे संयुक्त सेवा

काठमाडाैं । लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ साथै ९०,००० भन्दा बढी एजेन्ट लोकेशन्हरु छन् । यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे […]

आजदेखि नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

चितवन, ३ माघ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ […]

पत्ताल भूमेश्वर क्षेत्रलाई उजिल्याउन प्रयास

बैतडी, ३ माघ । उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ ।  सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् । यहाँ रहेको नेपालकै गहिरो पबल भूमेश्वर गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी भजन विष्टको […]