काठमाडाैं, २५ माघ – सरकारले प्रदेशमा सरुवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन् । सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक राेजगार, श्रम, मालपाेतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले अाफ्नाे सरुवा राेक्न दबाब दिन थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएकाे छ । सामान्य […]
Author: Nonstop Khabar
नेकपा र क्रान्तिकारी माओवादीको संयुक्त कार्यक्रमको घोषणा
दैलेख, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले पहिलो पटक संयुक्त विज्ञप्ति निकालेका छन् । नेकपा दैलेखका इन्चार्ज विवेक र क्रान्तिकारी माओवादीका सेक्रेटरी/इन्चार्ज प्रकाशउर्जाले बुधबार संयुक्त रुपमा शुभकामना सन्देश जारी गरेर जनयुद्ध दिवस सँगै मनाउने घोषणा गरेका छन् । २३ अौं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते दैलेख बजारमा चियापान तथा […]
६ करोडको लागतमा निर्मित नमूना बस्ती धुर्मुस सुन्तलीले हस्तान्तरण गरे
रौतहट, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेकी छिन् । मंगलबार रौतहटको चन्द्रपुर–८ सन्तपुरमा निर्माण सम्पन्न भएको एकीकृत नमुना बस्तीको उद्घाटनपछि राष्ट्रपतिले साँचो हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अनुकरणीय कामको आफूले मात्र नभई देशले नै प्रशंसा गरेको बताइन् […]
आठ महिनाभित्र भारतबाट बर्दिबाससम्म रेल आइपुग्ने, यस्तो छ तयारी
जनकपुरधाम, २४ माघ । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी […]
कुवेतमा नेपाली मृत फेला
काठमाडाैं । कुवेतको कवादस्थित कम्बाईन्ड समुहमा कार्यरत हलेसी ५ खोटाङका ३९ बर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन् । दुई बर्षदेखि कुवेतमा कार्यरत राईलाई कम्पनीको म्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा फेला पारेको उक्त कम्पनीमा कार्यरत रोलबहादुर विकले बताए । उनी शनिबारको काम सकेर क्याम्पबाट बाहिर निस्केपछि कोठामा फर्केका थिएनन् ।
विवाह गर्न नमानेपछि बलात्कार मुद्दा
काठमाडौं, २४ माघ । विवाह गर्न वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । गुप्ताले २२ वर्षीया युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । त्यस लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् । जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी […]
अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा नेकपाले गर्यो तोडफोड (फोटाहरुसहित)
काठमाडौँ, २३ माघ । अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्माकाे घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् । सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका […]
इङ्गलिस प्रिमियर लिगमा चेल्सीको नराम्रो पराजय
काठमाडाैं, २३ माघ । खेलकाे अन्तिम समयमा लय गुमाउँदा इङ्गलिस प्रिमियर लिग फुटबलमा विजेताकाे दावेदार क्लब चेल्सी वाटफोर्डसँग नराम्ररी पराजित भएकाे छ । साेमबार राती भएकाे खेलमा चेल्सी वाटफाेर्डसँग ४-१ ले पराजित भएको हाे । याे हारसँगै चेल्सी ५० अंकका साथ चाैथाे स्थानमा पुगेकाे छ भने वाटफाेर्ड २६ खेलबाट ३० अंक बटुलेर तालिकाको ११ औं […]
नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकताको सहमति
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न भएको छ । वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने […]
कर्मचारीले विदेशमा मस्ती गरेर राष्ट्रको दुर्इ सय करोड ढुकुटी स्वाहा पार्दा पनि देउवा किन चुपचाप
काठमाडौं, २२ माघ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग […]









