मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट […]
Author: Nonstop Khabar
नेकपाले गर्यो अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनामाथि आक्रमण, संरचनामा ठूलो क्षति
काठमाडौँ, २८ माघ । विवादित जलविद्युत अायोजना माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि नेपाल कम्युनिस्ट पार्टीले अाक्रमण गरेकाे छ । नेपालको पानी कब्जा गर्ने उद्देश्यले भारतले ठूले कमिसन दिएर यी अायाेजना जवरजस्त ठेक्कामा लिएकाे भन्दै स्थानीयले लामो समयदेखि आन्दोलनमा उत्रदै अाएका थिए । यी अायाेजनाले नेपालकाे राष्ट्रियता खतरामा रहेकाे र देशकाे हितविपरितका सम्झाैताहरु गरिएकाे भन्दै नेकपाले अाक्रमण […]
क्रान्तिकारी पत्रकारको राष्ट्रिय सम्मेलन बैशाखमा, भ्रष्ट र दलालीका विरुद्ध अभियान
काठमाडौं, २७ माघ । जनपक्षीय पत्रकारिताका लागि संघर्ष गरिरहेको क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तीन वर्षअघि हेटौडामा प्रथम राष्ट्रिय सम्मेलन गरेको संगठनले दोस्रो राष्ट्रिय सम्मेलन लागि निर्णयहरु गरेको छ । सम्मेलनलाई जनपक्षीय […]
अख्तियार प्रमुख बस्न्यातको यस्तो धन्दा, ठूला भ्रष्टहरुसँग करोडौको मोलमोलाइ
काठमाडौं, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि राष्ट्रिय युवा जनस्वयमसेवकले गम्भीर प्रश्न उठाएको छ । भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले ठूलो मोलाइ गरिरहेको जनस्वयमसेवकले आरोप लगाएको छ । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन जनस्वयमसेवकले बस्न्यातमाथि यस्तो गम्भीर प्रश्न उठाएको हो । बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो […]
अख्तियारका प्रमुख दिप बस्न्यातको यस्तो खतरानाक खुलासा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि राष्ट्रिय युवा जनस्वयमसेवकले गम्भीर प्रश्न उठाएको छ । भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले ठूलो मोलाइ गरिरहेको जनस्वयमसेवकले आरोप लगाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन जनस्वयमसेवकले बस्न्यातमाथि यस्तो गम्भीर प्रश्न उठाएको हो । बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो […]
मेरै पालामा पुनर्निर्माणको काम सम्पन्न हुन्छ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि हजुरले के के काम गर्नुभयो ? म यस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिइओ भएर आउँदा पहिलो किस्ता वापतको ५० हजार रुपियाँ अधिकांश स्थानमा वितरण भइसकेको थियो । तर गाउँ गाउँमा प्राविधिक उपलब्ध नहुँदा पीडितहरुले सरकारले तोकिदिएको मापदण्ड अनुसारको घर बनाइरहन सकेका छैनन् । दोस्रो किस्ताको लागि इन्जिनियर उपस्थिति अनिवार्य हुन्छ । […]
उत्तर कोरियाले सैनिक दिवस मनाउन लाग्दा अमेरिका किन आत्तियो ? किमले पठाए आफ्नी बहिनीलार्इ पहिलो पटक दक्षिण कोरिया
काठमाडौं, २५ माघ । उत्तर कोरियाको सेनाले अाज सैन्य दिवस मनाइरहेको छ । हरेक वर्ष फेब्रअरी ८ मा उसले सेना दिवस मनाउँदै अाएको छ । यो वर्ष शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाली जनमुक्ति सेना सडकमा निस्केको हो । उत्तर कोरियाको विरोधमा रहेका देशहरुले परेड रोक्न अाग्रह गरेका थिए तर उसले सेना दिवस भएको बताउँदै […]
सरकारी अड्डा आर्थिक अपारदर्शीका अखडा
काठमाडौं, २५ माघ । पहाडी र हिमाली जिल्लाका सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा शतप्रतिशत कार्यालयमा आर्थिक पारदर्शिता अभाव रहेको भेटिएको हो। महालेखाले मुलुकका पहाडी र हिमाली क्षेत्रका ४७ जिल्लाका ३ हजार दुई सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा एउटै कार्यालय पनि आर्थिक रूपमा क्लिन र पारदर्शी […]
राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान गरिदै
काठमाडौं, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार […]
एमाले–माके मिलेर काँग्रेसका सबै उम्मेदवारलाई यसरी पराजित गरे
सुर्खेत, २५ माघ । राष्ट्रियसभा सदस्यका निर्वाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवार पराजित भएका छन् । बुधबार सम्पन्न चुनामा प्रदेश नम्बर ६ मा सबै एमाले र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमाले-माके गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार […]











