फ्रान्सेली एमबाप्पेले पेलेको ६० वर्ष पुरानो कीर्तिमान भेटाए

काठमाडाैं । रसिया विश्वकपमा फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बनेका छन्। आइतबार राती फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गरे । एमबाप्पे १९ वर्ष २०७ दिनका भएका छन ।  पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने उनी एकमात्र युवा खेलाडी हुन् । यसअघि सन् १९५८ को […]

सरकार यता ध्यान अाअाेस् : सात घन्टा हिँडेर विद्यालय जान बाध्य

तनहुँ, ३१ असार । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् । अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले […]

राजधानीमा नक्कली स्मार्ट लाइसेन्स छ्याप्छ्याप्ती, प्रहरीलार्इ सक्कली र नक्कली छुट्याउनै मुस्किल

काठमाडौं, ३१ असार । नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी […]

बाबु कान्छालार्इ युनिर्भसल सर्टिफिकेट प्रदान

काठमाडाैं । शुक्रबारबाट नेपाल भर प्रर्दशनमा आएको सलोन बस्नेत अभिनित चलचित्र “बाबु कान्छा” ले सेन्सरबोर्डबाट युनिर्भसल सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले फिल्मलाई बालबालिका, युवा युवति तथा सबै उमेर समूहका ब्यक्तिहरुले हेर्न पाउने गरी यस्ताे सर्टिफिकेट दिएकाे हाे । नेपाली सिनेमा जगतका लागि फरक धारको विषयवस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शकका लागि […]

कांग्रेस नेताले मार्क्सवाद पढाएर १० हजार कम्युनिस्ट तयार पार्ने

काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता–कार्यकर्ता अहिले मार्क्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई मार्क्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् । झापा, धुलिखेल र नेपालगन्जमा प्रशिक्षण सकिसकेको छ । प्रदेश र जिल्लाहरूमा दर्जनौँ प्रशिक्षण कार्यक्रम राख्ने एकवर्षे योजना छ । रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई […]

हमास लडाकुप्रति इजरायलको चर्को आक्रोश, लडाकु सिध्याउन गाजामा ठूलो आक्रमण

एजेन्सी । इजरायलले गाजामा रहेका हमास लडाकुलाई लक्षित गरेर ठूलो आक्रमण अभियान सुरु गरेको जनाएको छ । यो आक्रमण अभियान सन् २०१४ को युद्ध यताकै ठूलो रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण अभियान सुरु गरेको इजरायलको भनाई छ । गाजामा […]

२२ दिन अघि वेपत्ता महानगरका बरिष्ठ अधिकृत मृत भेटिए

पाेखरा, २९ असार । पोखरा महानगरपालिकाका एक वरिष्ठ अधिकृत मृत भेटिएका छन् । असार ९ गतेदेखि बेपत्ता भएका महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलकाे शव शनिबार बिहान तनहुँको भिमादको सेती नदी किनारमा शव फेला परेको हाे। उनी हराएको २२ दिनपछि भिमानबाट शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई आफन्तले पहिचान गरेपछि […]

विमानस्थलबाटै पूर्वप्रधानमन्त्री पक्राउ, भ्रष्टाचारको मुद्दामा १० वर्षका लागि सिधै जेल लगियो

काठमाडौं, ३० असार । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला […]

विश्वका ठूला नेता भ्रष्टाचारमा को–को परे जेल, अब को–को छन बाँकी

रमेश लम्साल काठमाडौं । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्वमै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एकपछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् । शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय […]