पोर्नसाइटहरुमाथि सरकारले लगायो कडा प्रतिबन्ध, अब लुकेर हेर्नेमाथि निगरानी राखिने

काठमाडौं, २६ असाेज । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ। सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने […]

जनकपुर आइपुग्यो भारतीय ब्लास्ट रेल

जनकपुर, २६ असाेज । अक्टोबर महिनाभित्रै सञ्चालनको लक्ष्य लिइएको जनकपुर–जयनगर ब्रोडगेज रेल परीक्षण सञ्चालनका क्रममा ५३ बोगी सहितको गाडी ल्याइएको छ। भारतको जयनगरबाट ५३ वटा बोगीमा ब्लास्ट बोकेर जनकपुर रेल्वे स्टेसनसम्म आइपुगेको रेलको परीक्षण सफल भएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए। भारतीय रेल विभागबाट उपलब्ध रेल भारतकै प्राविधिकले सञ्चालन गरेका थिए। […]

भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा सुरु

काठमाडौँ । सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको सुरुवात गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न […]

क्याम्पसको आम्दानी सिधै कर्मचारीको खल्तीमा

जनकपुरधाम, २४ असाेज । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन । जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान […]

चुरे दाेहनमा मस्त स्थानीय निकाय

धनगढी, २४ असाेज । चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो। स्थानीयका अनुसार गाउँपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट समेत व्यापक मात्रामा ढुंगा संकलन भइरहेको छ । ढुंगा […]

कालिका कन्स्ट्रक्सनको यस्तो चरम लापरबाही, एक बालकको ज्यान गयो, तीन गम्भीर घाइते

वीरगन्ज, २३ असाेज । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको लापरवाहीका कारण वीरगन्जमा सोमबार एक बालकको मृत्यु भएको छ । यो घटनामा तीन बालिका गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारको खाली जग्गामा कालिका कन्स्ट्रक्सन प्रालिले चाङ लगाएर महिनौ दिनदेखि थुपारेको ह्युम पाइपले च्यापिएर वीरगन्ज–९ रानीघाटका चारजना बालबालिका गम्भीर घाइते भएकोमा […]

निर्मला हत्यामा प्रहरीतिरै सोझिएको छानविन प्रतिवेदन सार्वजनिक, एसपी बिष्ट किन थिए सुरुदेखि उदास ?

काठमाडौं, २१ असाेज । निर्मला पन्तकाे बलात्कारपछि गरिएकाे हत्या प्रकरण अनुसन्धान गर्न गठित छानविन समितिकाे प्रतिवेदन सार्वजनिक भएकाे छ । गृह मन्त्रालयले पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन आइतबार वेवसाइटमार्फत् सार्वजनिक गरेको हो। अाइतबार सार्वजनिक गरिएकाे प्रतिवेदनमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष निकालिएकाे छ। निर्मलाका हत्यारा नभेटिनुमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष प्रतिवेदनले एसपी डिल्लीराज बिष्टसहित […]

एनआरएन युएर्इले दुबर्इमा नमूना सुपरमार्केट खोल्ने

काठमाडाैं । युएर्इमा बसोबास गर्ने नेपाली समुदायलार्इ लक्षित गरि गैरआवासीय नेपाली संघ, युएर्इले दुबर्इमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने भएको छ। एनआरएन युएर्इको २०१७-२०१९ कार्यसमिति सदस्हरुको संयुक्त लगानीमा संचालनमा आउने उक्त सुपरमार्केटका लागि कार्यसमितिका ३३ जनाबाट जनही १० हजार दिर्हामका दरले करिब नेपाली १ करोड रुपियाँको लगानी जुटाइएको छ । युएर्इको बरदुबर्इमा पहिलो सुपरमार्केट जनवरी २०१९ […]

अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलका अध्यक्षलार्इ नियन्त्रणमै लिएर चीनले थाल्यो यस्तो अनुसन्धान

काठमाडाैं, २० असाेज । चीनले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टर्पोलका प्रमुख मेङ होङ्वेईमाथि अनुसन्धान गरिरहेकाे जनाएकाे छ । इन्टरपाेलका अध्यक्ष रहेका मेङ अपराधिक क्रियाकलापमा सम्लग्न भएकाे भेटिएकाे भन्दै चीनले उनीमाथि छानविन थालेकाे जनाएकाे छ । चीन सरकारको केन्द्रीय अनुशासन निरीक्षण आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै मेङमाथि अनुसन्धान भइरहेकाे सार्वजनिक गरेकाे हाे । मेङ फ्रान्सस्थित इन्टर्पोलको […]