एयरबस खरिदमा अर्बौको घोटाला, भाडाको जहाज खरिद गरेको खुलासा

काठमाडौं । विमान निर्माता एयरबसले २८ जुन २०१८ मा एउटा विज्ञप्ति निकाल्यो। नेपाललाई पहिलो वाइड बडी विमान हस्तान्तरण गरिएको दिन थियो त्यो। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइड बडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’ उक्त विज्ञप्ति एयरबसको वेब साइटमा अझै देख्न सकिन्छ। […]

दुर्इ तिहाइको सरकार डाडु तताएर मरे हुने बाबुराम भट्टरार्इको टिप्पणी

काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारप्रति चर्को टिप्पणी गरेका छन्। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १ ३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा धर्ना बसेको खबरपछि टिप्पणी गर्दै डा. भट्टरार्इले दुर्इ तिहाइकाे सरकार लाचार भएकाे बताएका छन् । बलात्कार जस्ताे अपराधमा राज्यका निकायकाे कमजाेरी देखिनु र त्यसका लागि न्याय माग्दै पीडितले धर्नामा बस्न बाध्य हुनु […]

ला लिगाको पहिलो स्थानमा रहेको बार्सिलोना १६ स्थानको बेटिससँग ४ गोल खाएर पराजित

काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि रक्षा अभियानमा रहेको बार्सिलोनालाई रियल बेटिसले धक्का दिएको छ । घाइते भइ विश्राममा रहेर पुनरागमन गरेका लियोनेल मेसीले २ गोल गरे पनि बार्सिलोना पराजय भोग्न बाध्य भयो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बेटिसले खेलको २० औँ मिनेटमा जुनियोर फिर्पोको गोलमा अग्रता लिएको थियो । त्यसपछि खेलको ३४ […]

ग्यास बुलेट बोकेको भारतीय ट्रकले किचेर ११ पढ्दै गरेकी छोरी र आमाको मृत्यु

धादिङ, २५ कार्तिक । धादिङ बेनिघाट ग्यास बुलेट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बेनिघाटस्थित विशालटारमा भएको दुर्घटनामा ३९ वर्षीया गीता नेपाली र १९ वर्षीया सुनिता नेपालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गीता र सुनिता आमाछोरी हुन्। गीता स्थानीय बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर–५ की सदस्य पनि हुन्। भारतको बरेनीबाट काठमाडौँको बालाजुस्थित […]

तीन हजारको संख्यामा कोरा साइकल र्याली

काठमाडाैं । ललितपुरकाे पाटन ढोकाबाट शनिबार बिहान करिब ३ हजारको संख्यामा कोरा साइकल र्‍याली शुरु भएको छ। बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। र्‍यालीमा ९ वर्षीय बालक देखि ७० वर्षीय वृद्धाको सहभागिता थियो। साथै उल्लेखीय संख्यामा विदेशी युवा युवती समेत उपस्थित छन्। र्‍याली शुरु हुनु अघि […]

भारतमा जनयुद्ध गरिरहेको भाकपा माओवादीको महासचिवमा गणपतिको ठाउँमा वसवराज

काठमाडौँ । भारती कम्युनिस्ट पार्टी (माओवादी) ले नेतृत्व परिवर्तन गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वर्तमान महाससचिव लक्ष्मण राव ‘गणपति’ को ठाउँमा केशव राव ‘बसवराज’लाई ल्याइएको छ । गणपतिले उमेर र स्वास्थ्यका कारण जिम्मेवारीबाट विदा लिएको बताइएको छ । उनको उमेर ७१ वर्ष पुगेको छ । यसअघि उमेर र स्वाथ्यका कारण जिम्मेवारी समाल्न नसक्ने नेताहरुलाई […]

न्याय माग्दै निर्मलाका आमाबुबा जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा

कन्चनपुर । छोरीको हत्यारा पत्ता लगाउनु पर्ने माग सहित निर्मलाका अामाबुबा जिल्ला प्रशासन कार्यालयको गेट अगाडि आइतवारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन्। धर्ना सुरु हुनुअघि दिउँसो १२ बजे मदनचोकवाट स्थानीय, महिलाअधिकारकर्मी लगायतको सहभागिता सहितको र्‍याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो। जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना वस्ने जानकारी गराएर निर्मलाका अामाबुबा सहित परिवारजन जिल्ला […]

पूर्वका चर्चित गायक गंगालालमाथि यात्रुबसमा बसका स्टाफले नै यसरी गरे आक्रमण

धरान । मोरङको बेलबारी नगरपालिकामा आइतबार दिउँसो चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण भएको छ। बेलबारी २ स्थित घरबाट पत्नीसहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कर्मचारीले आक्रमण गरेको प्रहरीले जनाएको छ। काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षीय रोशन श्रेष्ठ, […]

गोरखामा यात्रु बस दुर्घटना, १५ घाइते

गाेरखा, २५ कार्तिक । आबुखैरेनीबाट गोरखा आउँदै गरेको बस शनिबार साँझ दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन्। ना ३ ख ७५४४ नं को बस गोरखा नगरपालिका ११ तेह्रकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो। घाइतेहरुलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ भने गम्भीर घाइतेको अन्यत्र रिफर गर्ने तयारी भएको छ। एम्बुलेन्स […]

व्यापारिक आधुनिकीकरणका लागि बनाइएको आइसिपी ६ महिनामै जिर्ण, कसले बनायो यस्तो?

वीरगन्ज, २५ कार्तिक । नेपालको व्यापारलाई आधुनिकीकरण गर्न बनाइएको एकीकृत जाँच चौकी अर्थात ‘आइसिपी’ (इन्टरग्रेटेड चेक पोस्ट) का संरचना उद्घाटनको ६ महिना नबित्दै जीर्ण बन्न थालेका छन्। भारत तथा भारतीय मार्ग भएर हुने तेस्रो मुलुकसँगको नेपालको व्यापार सरल पार्दै नयाँ युगमा प्रवेश गराउने भनिएको ‘आइसिपी’को प्रवेश बिन्दुका सडक फुटिसके। भवनका छतमा धाँजा फाटिसक्यो, यार्डका ट्र्याकहरु […]