भक्तपुर, ७ पुस । गुडिरहेको मिनीट्रकबाट खसेर आज सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए । प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई […]
Author: Nonstop Khabar
मोहन बैद्य चढेको गाडी रौतहटमा दुर्घटना, यस्तो छ बैद्यको अवस्था
काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य चढेको सवारी रौतहटमा दुर्घटना भएको छ । तर, वैद्य भने सकुशल छन् । उनी क्षतिग्रस्त सवारी छाडेर सिरहा पुगेका छन् । दुर्घटना शुक्रबार राती भएको हो । पूर्वपश्चिम राजमार्गको चन्द्रपुरस्थित सडकमा वैद्य सवार रहेको मारुती भ्यान सडकमा रोकिरहेको ट्रकमा ठोक्किएको थियो । बा३च […]
रेडियो कर्णालीमा नेकपा आवद्ध भण्डारीको समूहले गर्यो सांघातिक आक्रमण, आक्रमणबाट ठूलो क्षति, रेडियो बन्द
हुम्ला । सदरमुकाम सिमकोटस्थित रेडियो कर्णाली अवाजमाथि आक्रमण भएको छ । नियमित प्रसारणमा रहेको रेडियोमा शुक्रबार राती ९ बजे आक्रमण भएको हो । हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचना टोलमा रहेको रेडियोमाथि अत्याधिक मदिरा सेवन गरी उज्जवल भनिने बाँचबहादुर भण्डारीको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो । उनी सिमकोट गाउँपालिका–१ ठेहे निवासी भण्डारी आफै रेडियोको […]
मेक्सिको सीमानामा पर्खाल बनाउने बारे अमेरिकी सिनेट र सरकारबीच विवाद
एजेन्सी । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित हुने भएको हो । […]
ठूलो संख्यामा शिक्षकहरु फेल, पास गराइदिन उत्तरपुस्तिकामा लेखिए रोचक कहानी
काठमाडौं । कार्यरत अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नका लागि शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ठूलो संख्यामा शिक्षकहरु अनुत्तीर्ण भएका छन् । नतिजा प्रकाशन गर्ने र पुनर्योगको प्रक्रिया पनि चलिरहेकोले आयोगले यसको एकिन आँकडा बाहिर नल्याए पनि अहिलेसम्म प्रकाशित नतिजामा अनुत्तीर्ण हुनेहरुको प्रतिशत निकै धेरै देखिएको छ ।यो तथ्यसँगै नेपालको शिक्षाको मुहान कस्तो छ भन्ने […]
फेसबुकबाट प्रेम नगर्न अाग्रह
एजेन्सी । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल […]
चीनमा मृत्युदण्डको सजाय ‘घट्दो’
एजेन्सी । चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ तर यो प्रावधान हट्न अझै टाढाको बिषय देखिन्छ किनकि मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेको छ, चीनको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए । मानव अधिकारवादी समूहहरूका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक बर्ष मृत्युदण्ड दिने क्रम बढी रहको भएपनि कति सङ्ख्यामा मृत्युदण्ड […]
अन्तर–कोरियाली पूर्वाधार परियोजनामा अमेरिकी समर्थन
सियोल, ७ पुस । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच अर्को साता उत्तर कोरियामा आयोजना हुने अन्तर–कोरियाली कार्यक्रमका लागि सहमति भएको सियोलका वरिष्ट कुटनीतिज्ञले बताएका छन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिफन बाइगनसँगको भेटवार्ता पश्चात् ली डो–हूनले अमेरिकासँग विगतमा भएको सम्झौता बमोजिम कोरियाली युद्धमा उत्तर कोरियामा मारिएका व्यक्तिको अवशेष खोजीसम्बन्धी परियोजना शुरु हुने बताए […]
ललितपुरका डान्सबारबाट तीनसय बालबालिकाको उद्धार
गोदावरी । नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ । ‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक […]
नागरिक लगानी कोषमा अचम्मको भाँडभैलो, एयरबस खरीदमा दिइएको १२ अर्बको लेखाजोखा नै छैन
नारायण ढुङ्गाना काठमाडौँ । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि शेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले आज राजधानीमा २३औँ वार्षिक साधारणसभामा […]











