सङ्कटा विजयी, सरस्वती र जावलाखेलले बराबरी

काठमाडौँ, २ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै उपाधि होडको यात्रालाई कायमै राखेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोड्यो । सङ्कटाको जीतमा २५औँ मिनेटमा इलोन म्याक्सवेलले गोल […]

सात गाउँले जात्राको महत्व बढ्दै

काठमाडौँ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने उपत्यकाको सात गाउँ जात्रामा विभिन्न देवदेवीको पूजासहित जात्रा मनाइँदै छ । उक्त जात्रामा सतुङ्गल, नैकाप, मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुरका स्थानीयवासी सहभागी भई विधिपूर्वक पूजा र जात्रा गरिन्छ । गत शुक्रबारदेखि शुरु भएको जात्रा एक सातासम्म चल्नेछ । प्रत्येक वर्ष एकपटक सात गाउँभित्र […]

कांग्रेस महासमिति बैठकभित्र कसले के भने

काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिएका छन् । सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उनीहरूले सुझाव दिएका छन् । कार्यकर्ताको भावना अनुरूप गुट […]

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अाफ्नै निवासमा निधन

काठमाडौँ, ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निनध भएको परिवारजनले जानकारी […]

अाजदेखि ‘ए’ डिभिजन लिग नवाँै चरणका खेल

काठमाडौँ, १ पुस (रासस)ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् । सोमबार तीन तथा मङ्गलबार र बुधबार दुई÷दुई खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । सोमबार पहिलो खेल न्युरोड टीम (एनआरटी र हिमालयन […]

अश्लिल सामाग्री राख्ने तीन लाख वेवसाइट बन्द गरिदै

काभ्रेपलाञ्चोक, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ […]

विदेशबाट फर्केर देशमै सुन फलाइरहेका युवाहरुका कथा

विदुर, १ पुस । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहेका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी […]

स्वस्थानीको लावण्य देशमा पर्यटन फस्टाउँदै

काठमाडौँ, १ पुस । श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको हो । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा […]

भक्तपुरमा जेसम साहित्य यात्रा

भक्तपुर, १ पुस । सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् । कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको कविता र अभिनय […]

स्कूलमा नि:शुल्क खाजा दिन थालिएपछि पढ्ने बालबालिका ह्वात्तै बढे

बागलुङ, १ पुस । बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको बालविकास केन्द्रले जनाएको छ […]