यसरी जुध्याे जापानी समुद्रमा दुई रुसी लडाकू विमान

काठमाडाैं । रुसी हवाई बलको दुई लडाकू विमान जापानी आकाशमा जुधेकाे छ । प्रशिक्षणमा रहेका ती विमान देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसी रक्षा मन्त्रालयले जनाएकाे छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमान जापानी समुद्रमाथि एक आपसमा ठाेकिएकाे थियाे । स्थानीय समयअनुसार बिहान करिब ८ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । ठक्कर खाएका […]

संसदमा प्रधानमन्त्री र सांसदहरुको कडा सवालजवाफ, १० सांसदको सिधा प्रश्न प्रम ओलीको घुमाउरो उत्तर

काठमाडाैं । संघीय प्रतिनिधि सभाकाे बैठकमा सरकारका विभिन्न कामकाजबारे प्रधानमन्त्री र सांसदहरुबीच कडा सवालजवाफ चलेकाे छ । प्रधानमन्त्रीसँग सवालजवाफ कार्यक्रम राखिएपछि १० जना सांसदले अाेलीलार्इ कडा प्रश्न साेधेका हुन् । संघीय संसद्मा पहिलोपटक सांसद र प्रधानमन्त्रीबीच यसरी प्रत्यक्ष सवालजवाफ भएकाे हाे । प्रतिनिधिसभा नियमावली ०७५ अनुसार नियमावली पारित भएको सात महिनापछि प्रधानमन्त्री केपी ओलीसँग सांसदले […]

कन्हैया कुमार विरुद्ध १२ सय पृष्ठ लामो देशद्रोहको अभियोग दर्ता

नयाँदिल्ली । जवाहरलाल नेहरु विश्वविद्यालयमा सन् २०१६ मा देशद्रोही नारा लगाएको भन्दै विद्यार्थी नेता कन्हैया कुमार, उमर खालिद, अनिर्वाण भट्टाचार्य लगायत १० जना विरुद्ध भारतीय प्रहरीले अभियाेग दर्ता गरेकाे छ । आतंकवादीको नाममा फाँसी दिइएका अफजल गुरुको स्मृतिमा क्याम्पसभित्र भएको कार्यक्रमका बीच उनीहरुले देशद्रोही नारा लगाएको भन्दै त्यसको तीन वर्षपछि १२ सय पृष्ठ लामो अभियाेग […]

७५३ जना रोजगार संयोजकका लागि जागिर खुल्यो, अनलाईबाटै फर्म भर्न सकिने

काठमाडौं, ४ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया सुरु गरेको छ। इच्छुक उम्मेदवारले अनलाइनबाटै फर्म भर्न सक्नेछन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ सय ५३ वटा स्थानीय तहका लागि त्यति नै संख्यामा शाखा अधिकृत र नायव सुब्बाका लागि आवेदन माग गरेको हो। १० हजार भन्दा कम जनसंख्या […]

प्रधानमन्त्री ओलीले गरे पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णयसँगै कर्मचारी नियुक्त

काठमाडौं, ४ माघ । कागजका पानी जहाज बनाएर प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पानी नेपालमा पानी जहाज चलाउने घाेषणालार्इ उडाइरहेका बेला सरकारले पानी जहाजकाे कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेकाे हाे । उक्त निर्णय पत्रकार सम्मेलन नै अायाेजना गरेर सरकारले सार्वजनिक गरेकाे छ । उक्त कुराकाे जानकारी दिन सूचना तथा सञ्‍चार […]

रविन्द्र मिश्रले पार्टी फुटाउने उज्वलसँग पत्र लेखेर मागे माफी

काठमाडौं । पार्टी विभाजनपछि विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले छुट्टीएर गएका उज्वल थापा समूहलाई खुलापत्र लेखेका छन् । आफ्नो फेसबुक फ्यान पेजमार्फत उनले उक्त खुलापत्र सार्वजनिक गरेका छन् । उनले केही दिनदेखि एउटा पत्र लेख्ने रहर रहेको बताउदै पछिल्लो परिस्थिति कारण लेख्न नभ्याएकोले आज लेख्न लागेको समेत बताएका छन् । यस्ताे छ मिश्रकाे खुलापत्रको […]

छात्रा जिस्काउनेमाथि कारवाहीको माग गर्दै प्रदर्शन

विरगञ्ज । वीरगञ्‍ज-छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गर्दै बिहीबार बाराको कलैयामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बाराको प्रसौनी गाउँपालिका-६ बेलहियास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीहरुले कलैयामा प्रदर्शन गरेका हुन्। उनीहरुले बिद्यालय परिसरबाट विभिन्न नारा लेखिएको प्लेकार्डसहित कलैया बजार पुगेर प्रदर्शन गर्दै छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गरेका छन् । करीब ३ सयको संख्यामा […]

कोलम्बियाको राजधानीमा कार बम बिस्फोट, कम्तिमा ९ जनाको मृत्यु

काठमाडाैं । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम बिस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । कोलम्बियाको रक्षा मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो बिस्फोट बोगोटा शहरका दक्षिणी इलाकामा एक प्रहरी विद्यालयको बाहिर भएको हो । हमलामा कम्तिमा ३८ जना गम्भीर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक कार विद्यालयको बाहिर आएको थियो र चेकप्वाइन्टमा […]

शान्तिनगर सुकुम्वासी टाेलबाट चाेरीका सामानसहित ६ पक्राउ

काठमाडौँ, ४ माघ । महानगरपालिका–३१ शान्तिनगरस्थित सुकुम्बासी टोलबाट चोरी गरेका विभिन्न सामानसहित ६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा काठमाडौँ शान्तिनगरस्थित सुकुम्वासी टोल बस्ने नुवाकोटका शशी तामाङ, सर्लाहीका सरोज मगर, सोही सुकुम्वासी टोलका सुमन कलवार, काठमाडौ जोरपाटीका अजय मगर, रामेछापका भानु मगर र सर्लाहीका सुमन माझी रहेको प्रहरीले जनाएको […]

स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौ ल्याइए डा. केसी

काठमाडाैं । इलाममा अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यस्थिति गम्भीर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट रातारात काठमाडौं ल्याइएको छ । निमोनियाबाट पीडित भएका डा केसीलाई राती नै गएको नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरले आज बिहान ३ बजे काठमाडौं ल्याएको हो। डा. केसी संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा गएर अनशन बसेका थिए […]