प्रहरीले १२४ चोरलाई पक्राउ गरेपछि महानगरमा चोरको चर्चा

काठमाडौँ, १८ माघ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारवाही गरिएको हो । परिसर र महाशाखाले आज पत्रकार सम्मेलन गरी विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई […]

डा केसीले तोडे २४ दिने अनशन

काठमाडौँ, माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गरेका छन् । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाएका हुन् […]

भेनेजुयलामा विपक्षीले सरकारी नेताहरुको हत्या योजना बनाएको दावी

एजेन्सी । भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामुहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताएका छन् । भेनेजुयलाको अतिवादी दक्षिणपन्थी समूहले केही राजनीतिक तथा सैनिक अधिकारीको सामुहिक हत्या गर्न एक समूहलाई तयार पारेको पाएपछि सुराकीको आधारमा उनीहरूको योजनालाई विफल पार्न सरकारी सुरक्षा फौज सफल भएको गृहमन्त्री […]

अमेरिका आइएनएफ सन्धिबाट फिर्ता हुने घोषणा

एजेन्सी । शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ । अमेरिकाले सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको छ । शनिबारदेखि लागुहुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः […]

मोदीले ल्याए ग्रामीण तथा शहरी मध्यम वर्ग लक्षित चुनावी बजेट

एजेन्सी । नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले थप पाँच वर्ष सत्तामा रहने योजनाका साथ शुक्रबार सार्वजनिक गरेको बजेटमा ग्रामीण तथा शहरी मध्यम वर्गलाई लक्षित गरी केही सुधारका कार्यक्रम ल्याएको छ । अर्थमन्त्री अरूण जेट्लीको अनुपस्थितिमा अन्तरिम अर्थमन्त्री पियुस गोयलले ल्याएको बजेटले मध्यम तथा निम्न वर्ग लक्षित कृषि क्षेत्रमा राहत तथा कर कटौतीलाई महत्व दिएको छ […]

124 thieves arrested in three days from Kathmandu valley

Kathmandu, February: Metropolitan Police Range, Kathmandu, and Metropolitan Crime Division, have arrested 124 thieves from different parts of the Kathmandu Valley. They were arrested under the ‘Theft Special Campaign’ jointly launched by the Range and Division from January 29. Organising a press conference on Friday, the Range and Division informed that the thieves were arrested […]

पर्यटन बोर्डमा मनास्लु हिमाल क्षेत्रका तस्बीर प्रदर्शनी

काठमाडौँ, १८ माघ । मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु भएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिच्नुभएका ३५ फोटो प्रदर्शनीमा राखिएको छ । विगत ११ वर्षदेखि सो क्षेत्रमा आठ पटकको आफ्नो भ्रमणका क्रममा खिचेका तस्बीर प्रर्दशनी गरिएको फोटो पत्रकार ङाखुसीले […]