पहाडी जिल्लाका सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा

जाजरकोट, ५ फागुन । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र […]

एनालग टेलिभिजनका उपकरण जफत गर्न सरकारको निर्देशन

काठमाडौं, ६ फागुन । सरकारले १५ दिनभित्र एनालग टेलिभिजनहरु बन्द नगरे कारवाही गर्ने चेतावनी दिएको छ । सरकारले देशभर गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो । उक्त आदेश विपरित अहिले पनि सेवा सूचारु भइरहेको कुरा आएपछि अब निर्देश अटेर गर्ने केवल टेलिभिजन कम्पनीहरुका उपकरण जफत गर्न समेत आदेश […]

सोमबारदेखि फेरि वर्षा र हिमपात दोहोरिने

काठमाडौ, ५ फागुन । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताए । उनका […]

तिब्बतको वैदेशिक व्यापार स्थिर

काठमाडौं । चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बत क्षेत्रको सन् २०१८ मा वैदेशिक व्यापार स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ । गत वर्ष तिब्बतको आयात तथा निर्यातको कूल परिमाण ७० करोड १० लाख अमेरिकी डलर रहेको छ । यसैबीच सीमानाका बासिन्दासँगको व्यापारमा भने अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा १६९.३ प्रतिशतले वृद्धि भई जम्मा १० करोड […]

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

एजेन्सी । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ । गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको वाशिङटनले भनेको एक जापानी […]

पशुपतिको गीतमा प्रतिबन्ध लगाउनु संविधानकै विरोध

काठमाडौं, ५ फागुन । व्यङग्यात्मक गीतमा चर्चा कमाएका चर्चित गायक पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगाइएपछि त्यसको चौतर्फी विरोध भएको छ । नेपालमा भ्रष्टाचार मौलाएको र शक्तिमा हुनेहरुले आफ्नो मनपरी गरिरहेको भन्ने सन्देश दिने व्यङग्यात्मक गीतलाई सरकारले उनको यूट्यूबबाट डिलिट गर्न लगाएपछि यस्तो विरोध सुरु भएको हो । यसैक्रममा शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको […]

कार्यालयमै ६० हजार घुस लिँदालिँदै नगरका सवइन्जिनियर परे अख्तियारको फन्दामा

कञ्चनपुर, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा कन्चनपुरको एक नगरपालिकाका एक सव इन्जिनयरलाई पक्राउ गरेको छ ।  आयोगको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बजगाईलाई सेवाग्राहीबाट ६० हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो । आयोगको कञ्चनपुर कार्यालयले आइतबार दिउँसो नगरपालिका कार्यालयमै पक्राउ गरेको हो । अख्तियारको कञ्चनपुरस्थित कार्यालयका […]

बबरमहल टेलिकमको साततलामाथि रहेको टावरबाट खसेर एक कर्मचारीको मृत्यु

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमको बबरमहलस्थित सात तले विल्डिङको छतबाट खसेर एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने हुवाई कम्पनीमा कार्यरत वसन्तलाल राठौर रहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमको बबहरमहल कार्यालयले दिएको जानकारी अनुसार राठौर आज दिउसो नेपाल टेलिकमको छतमा रहेको टावरमा फोरजी सर्भिस हेर्नका लागि उक्लेका थिए । सात तले […]

राज्यको सम्पतिमा यस्तोसम्म लुट, सार्वजनिक जग्गाको दोहन, अर्काको जग्गा मिच्दा पनि किन बोल्दैन सरकार

काठमाडौं । पैसा र राजनीतिक शक्तिमा पहुँच नभए नेपालमा के हुँदैन र । अरुका व्यक्तिगत सम्पति हडप्ने, ठगी गर्ने घटना कति छन कति यहाँ राज्यकै सार्वजनिक सम्पति हडप्नेहरुको ताँती नै देखिन थालेको छ । स्थानीय निकायदेखि, संघीय मन्त्रालय, संस्थान, न्यायालय हुँदै भ्रष्टाचार रोक्न बनाइएका अख्तियारजस्ता संवैधानिक निकायमै यस्ता व्यक्तिहरु रहेको घटना खुल्दै गएका छन् । […]

बाँदर आतंक अचाक्ली भएपछि भारतबाट झिकाइए बाँदर समात्ने शिकारी

खोटाङ । नेपालीको एक पूर्वी पहाडी जिल्लामा बाँदर आतंक अचाक्ली भएपछि बाँदर समात्न माहिर मानिने भारतका शिकारी बोलाइएका छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा बाँदर आतंक अत्यधिक भएको र धेरै प्रयत्न गर्दा पनि नसकिएपछि भारतबाट शिकारी मगाइएका हुन् । बाँदर समात्न भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारी खोटाङ आइपुगेका छन् । खोटाङ आइपुगेका शिकारीलाई जिल्लामा भव्य स्वागत […]