सरकारका कार्यमाथि प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको उहाँको पारिवारिक स्रोतले शनिबार जानकारी गराएको छ । अल–तायर दैनिकका प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति उनको कार्यालयबाट पक्राउ गरेको उहाँका भाई अली मिर्घानीले एएफपीलाई जानकारी […]

विषाक्त मदिरा सेवनबाट चिया बगानमा काम गर्ने १ सयभन्दा बढी मृत्यु, २०० बिरामी

आसाम । भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको […]

Sudan editor detained after comment on emergency

KHARTOUM, February 23, 2019: Sudanese security agents have detained a prominent newspaper editor after he made televised comments on President Omar al-Bashir’s decision to impose a state of emergency and dissolve the government, his brother said Saturday. Osman Mirghani, editor-in-chief of independent daily Al-Tayar, was taken away by security agents from his office late on […]

छात्रवृति, सिटिइभीटी र विश्वविद्यालय अनुदान आयोग ऐन र सबै विश्वविद्यालय सेवा आयोग खारेज गरिदै

काठमाडौं । शिक्षा ऐन लागू भएको ४७ वर्षपछि सो ऐन खारेज हुने भएको छ । शिक्षा ऐनसंगै ५४ वर्ष अघि बनेको छात्रवृत्ती, ३० वर्ष अघि बनेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी) र २५ वर्ष अघि बनेको विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० खारेज हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी कानुनलाई संशोधन […]

चीन र अमेरिकाबीच देखिएको व्यापार तनाव हल गर्न यस्तो सम्झौता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन् । चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको बताए । अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले […]

कार्पेट कारखानामा विष्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी रूपमा पटका विक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ । भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नाबशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताए । […]

एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी १ जनाको मृत्यु

ललितपुर । नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार भएको बम विस्फोटमा परी गम्भीर घाइते रहेका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । अज्ञात समूहले शुक्रबार राति करिब साढे ८ बजेतिर नख्खुस्थित एनसेल कार्यालयकाे गेटनेरै बम विस्फोट गराएकाे थियाे । साे घटनामा ३ जना घाइते भएकाेमा गुरुङकाे अवस्था गम्भीर थियाे । गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु […]