यातायात व्यवसायीले आफुखुशी भाडा बृद्धि गर्न थाले

काठमाडौँ, २५ फागुन । कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुशी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन् । विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुशी बढाएको भनी बढी भाडा लिन थालेका हुन् । बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ । […]

दशनामीको राष्ट्रिय महाधिवेशन विराटनगरमा

भक्तपुर, २४ फागुन । नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिको राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । केन्द्रीय कार्यालय माइतीघरमा नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले आगामी चैत २ र ३ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन हुने सञ्चारकर्मीलाई जानकारी दिए । सो महाधिवेशनमा देशभरका करीब ५०० प्रतिनिधि र स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी पर्यवेक्षकको […]

ट्रम्पका पूर्वसहयोगीलाई बैंक ठगी गरेको काण्डमा जेल सजाय

एजेन्सी । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ । उनी ट्रम्पको सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन अभियान प्रमुख थिए । गत वर्ष अदालतले म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको […]

चिनियाँ प्रधानमन्त्रीले भने पाकिस्तान र भारत दुबैको सार्वभौमिकताको पूर्णरूपमा सम्मान गर्नुपर्छ

एजेन्सी । भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । चिनियाँ तेह्रौँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा वाङले भने, “चीनले शुरूदेखि संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्था नआओस् भन्नका लागि आफ्नो स्थानबाट समस्याको समाधान गर्न सुझाव दिँदै आएको छ […]

चिनियाँ राजदुत नेपाली पोशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेपछि सबै चकित

काठमाडौं, २४ फागुन । नेपालका लागि चिनियाँ राजदुत छन हाउ याङ्गी । हाउ याङ्गी राजदुत भएर नेपाल अाएकाे धेरै भएकाे छैन । तर, तिनै याङ्गी शुक्रबार नेपाली पाेशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेर चकित पारेकी छन् । चिनियाँ राजदुत याङ्गी १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अायाेजित एक कार्यक्रममा छमछमी नेपाली पाेशाकमा सजिएर मन्चमा नाचेकी […]

काठमाडौंको बसुन्धरामा ठूलो वम विष्फोट, वैदेशिक रोजगार संघका अध्यक्ष गुरुङको गाडी खरानी

काठमाडौं, २४ फागुन । काठमाडाैंकाे बसुन्धरामा ठूलाे वम विष्फाेट भएकाे छ । शुक्रबार साँझ सात बजे वरिपरि ठूलाे आवाजका साथ बम विष्फाेट भएपछि साे क्षेत्रका धेरै घरका झ्लालहरु फुटेक छन । विष्फाेट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धराकाे सुन्दर मार्गमा रहेकाे घरमा भएकाे प्रहरीले जनाएकाे छ । घरकाे भुइ तलामा भएकाे विष्फाेटबाट गुरुङकाे […]

विप्लव नेतृत्वको नेकपाद्वारा प्रदेश सांसद नियन्त्रणमा

बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी एक सांसदलाइ नियन्त्रणमा लिएकाे छ । नेकपा बझाङले सुदुरपश्चिम प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएकाे हाे । सात नं प्रदेश साँसद देवकी मल्ललाइ बझाङको बिजगडाबाट नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन ।  नेकपाको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार […]

सिके राउतलाई छोडन आदेश, रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु रिहा

काठमाडौं, २३ फागुन । नेपालबाट तराई अलग बनाएर छुट्टै देश बनाउने अभियानमा लागेको आरोपमा थुनामा रहेको सीके राउतलाई सर्वोच्च अदालतले एकाएक रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्ने गरी गरेको फैसला उल्ट्याउँदै सर्वोच्चले रिहा गरेर सामान्य तारेखमा राख्न आदेश दिएको हो । ठूलो मत पाएर विजयी भएका रेशम […]

झिसमिसेमै प्रहरीले विप्लवको गाउँ पसेर यसरी मच्चायो आतंक, महिला उत्रिए प्रतिकारमा

काठमाडौं । कपिलवस्तुको शिवगढीमा प्रहरीले एकाबिहानै छापा मारेपछि सो क्षेत्रको जनजीवन त्रसित बनेको छ । बिहान झिसमिसेमै प्रहरी शिवगढीका घरघरमा पसेर खानतलासी गरेपछि आतंक फैलिएको हो । प्रहरीले एकाबिहानै आएर त्रास फैलाएपछि स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोखेका थिए । बिहानैदेखि सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको थियो । शिवगढी नेपाल कम्युनिस्ट पार्टीका […]

नौ वटा ग्याँस सिलिन्डर एकसाथ पड्केपछि टोलमा ठूलो त्रास

काठमाडौं, २३ फागुन । काठमाडौंको वसन्तपुर नजिक यट्खा टोलमा आगो लाग्दा ठूलो क्षति भएको छ । वसन्तपुरको मख्खन गल्लीमा रहेको यट्खा टोलमा दिउसो १२ बजे आगो लागेको हो । १२ बजे लागेको आगो अपरान्ह ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेन । न्यूरोडमा रहेको महानगरीय प्रहरी वृृत्त जनसेवाका प्रमुख डीएसपी वासुदेव खतिवडाले आगलागी पूर्ण रुपमा नियन्त्रणमा […]