फेसबुकमा लाइभ गर्दै न्यूजिल्याण्डमा भयो भयानक आक्रमण, ३० को मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको एक मस्जिदमा भयानक आक्रमण भएको छ । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । आक्रमणकारीले आक्रमण सुरु गर्नुअघि फेसबुकमा लाइभ सुरु गरेका थिए । फेसबुक लाइभमा उक्त आक्रमण पूरै देखिएको बताइएको छ । न्यूजिल्याण्डका अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा यो आक्रमण भएको हो । आक्रमणबाट […]

मिर्गौला प्रत्यारोपण गर्न अर्थाभाव

पाँचथर, १ चैत  : पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–७ माझीटारकी २२ वर्षीया सरिता माझीको दुवै मिर्गौला फेल भएपछि परिवार पीडामा परेको छ । सरितालाई बचाउन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको उनका श्रीमान् मङ्गलबहादुर माझीले बताP । कमजोर आर्थिक अवस्था भएका माझी परिवारलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने रकम जुटाउन गाह्रो भएको छ । सरिताका ससुरा जसबहादुर […]

३३ प्रतिशत क्याम्पस प्रमुख महिला राख्न माग गर्दै त्रिविका प्राध्यापक आन्दोलित

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् । त्रिवीका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै उनीहरु आन्दाेलनमा उत्रिएका हुन् । उनीहरुले राजधानीकाे बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका हुन् । त्रिवीका देशभर रहेकाका ६१ अांगिक क्याम्पसमध्ये कम्तिमा २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । उनीहरुले पटक […]

मन्त्रीमाथि मुक्का प्रहार

एजेन्सी । संसद् भवनतर्फ गइरहेका न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि सडकमै दुर्व्यवहार भएको छ। ग्रिन पार्टीका सहनेतासमेत रहेका मन्त्री जेम्स सहको मुखमा वेलिङ्टनमा बिहीबार बिहानै मुक्का प्रहार भएको बताइएको छ। मुक्का लागेका मन्त्री सह सख्त घाइते भने नरहेको बिबिसीले उल्लेख गरेको छ। आफ्नो क्याबिनेट मन्त्रीले सडकमा मुक्का खाएपछि प्रधानमन्त्री ज्याकिन्दा अर्डेनले भनिन्, ‘न्युजिल्यान्डमा यस्ता खालको गतिविधि […]

माथिल्लो तामाकोशीमा काम गर्ने मजदुर बोकेको बस दुर्घटना हुँदा ठूलो क्षति

दोलखा, १ चैत । दोलखामा मजदुर बोकेको बस दुर्घटनामा परेको छ। बिगु गाउँपलिका–१ माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुलाई कार्यस्थलतर्फ लैजाने क्रममा उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। बा.४. ख ४५७३ नम्बर बस दुर्घटनामा परेको शसस्त्र प्रहरी बल १८ नम्बर गुल्म […]