पाइपलाइनको परीक्षण सफलः केही दिनमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिने

काठमाडाँै, ३ साउन । नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गरेका छन् । परियोजनाले आज […]

पहिलो पटक चन्द्रमामा पाइला टेकेको दिनको सम्झनामा स्वर्ण जयन्ती मनाउन आह्वान

काठमाडौँ, ३ साउन । पचास वर्षअघि मानिसले पहिलो पटक चन्द्रमामा पाइला टेकेको स्मरणमा यही साउन ४ र ५ गते (जुलाइ २० र २१) मा कार्यालय, विद्यालय, क्याम्पस, संस्था आदिमा कार्यक्रम गर्न आह्वान गरिएको छ । विज्ञान र वैज्ञानिकका क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले चन्द्रावतरणको स्वर्णजयन्ती मनाउन आग्रह गरेको हो । सोसाइटीका अध्यक्ष सुरेश […]

मालसामान ढुवानी : धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी

काठमाडौँ, ३ साउन । नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री (प्रविष्ट) गराउने कार्य तिब्र रूपमा अघि बढेको छ । व्यवसायीहरूले धमाधम सूचना प्रणालीमा प्रविष्ट गराउँदै मालसामान ओसारपसार गरिरहेका छन् । यही साउन १ गतेदेखि सरकारले ढुवानीका सामान सूचना प्रणालीमा प्रविष्ट […]

अब चेम्बरले उत्पत्तिको प्रमाणपत्र अनलाइनबाटै जारी गर्ने

काठमाडौँ, ३ साउन । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरमा आज आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको प्रारम्भिक शुभारम्भ गरे । अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था भएसँगै निकासी प्रर्वद्धनको क्षेत्र नयाँ युगमा […]

११ महीनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, व्यापार घाटा १२ खर्ब, शोधनान्तर घाटा ९० अर्ब बढी

nepal-rastra-bank

काठमाडौँ, ३ साउन । आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही […]

अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]

काठमाडौंको सडकबाट निस्कने धुलोबाट अब इट्टा बनाइने

काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (बु्रमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ । यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि […]

काठमाडौं डेढ सयवर्षदेखि सडकमुनि बिछ्याइएका पुराना पाइपले काम गर्न गाह्राे

काठमाडौँ, ३ साउन । निर्माणाधीन चावहिल–साँखु सडकमा चुच्चेपाटी क्षेत्रमा सडकमुनि बिच्छ्याइएका पाइपका कारण समस्या आइरहेको छ । यस क्षेत्रमा दुई वर्षमा दुई पटकसम्म कालोपत्र गरे पनि भत्किरहेको छ । यस स्थानमा खानेपानीका झण्डै डेढ सयवर्ष पुराना पाइप बिच्छ्याइएको हुँदा पटक÷पटक समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । चुच्चेपाटीमा पासाङल्हामु शेर्पाको सालिक आसपास […]

एक वर्षमा एक हजार ७२ उद्योग थपिए

घोराही, ३ साउन । दाङमा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ वटा उद्योग दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालका अनुसार […]

केन्याबाट उद्धार गरिएका युवती आफन्तको जिम्मामा

काठमाडाँै, ३ साउन । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । उनीहरूलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा आज आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । […]