काठमाडौँ । सहकारी ठगीमा फरार रहेका जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले उत्तर दिएनन्।
आइतबार प्रधानमन्त्रीले संसदमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए।
‘नेपालमा सहकारीको ठूलो घोटला भयो। थुप्रै आन्दोलन भयो। जिबी राईलगायतका थुप्रै मानिसहरू कहिले पक्राउ पर्छन्? विशेषतः जिबी राई कहिले पक्राउ पर्छन्?,’ राईले सोधेका थिए।
‘सहकारीको विषयमा कोष खडा गरेका छौं। बाहिर आएजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो हैन। गएको महिनाको रिपोर्ट हेर्दा ३ करोड जस्तो सहकारीबाट उठाइएको थियो। ५०/६० लाखजस्तो दिइएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन। हामीले सहकारीबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो,’ जबाफमा प्रधानमन्त्री बालेनले यतिमात्रै भने।







