काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ ।
शुक्रबार बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीको सहमतिमा प्रदेशभित्रका सहर–बस्तीमा सञ्चालन हुने सार्वजनिक यातायातको लागि समायोजन गरेको जनाएको छ। साथै भाडादर समायोजन गरी राजपत्रमा प्रकाशित गरेको छ ।
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर प्रदेश सरकारले नै तोक्ने व्यवस्था छ । यसअघि अन्तरप्रदेश भाडादर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९/०१/०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।








