प्रधानमन्त्री कार्कीको खुलासा : महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको खुलासा गरेकी छिन । 

सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् ।

‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो । दुई चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छाटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं । अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।’

यस्ता विषयलाई व्यक्तिको अधिकारको रुपमा लिन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरिन् । पुन शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।