दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन् ।
नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए ।
यस्तै कांग्रेसबाटै बासुदेव घिमिरे पनि निर्वाचित भएका छन् । घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग समूहमा उम्मेद्वार बनेका थिए । उनले ६३२२ मतभार प्राप्त गरी विजयी भएका हुुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सरल विकले १६०१ मतभार प्राप्त गरेका थिए ।







