पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए ।
त्यस्तै महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् ।
गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।







