अंग्रेजी नयाँ वर्ष २०१८ को स्वागत गर्न वर्ल्ड लिंकले लगायो मेला

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिंकले अंगे्रजी नयाँ वर्ष २०१८ को स्वागतका लागि जावलाखेलमा भव्य मेलाको आयोजना गरेको छ । नेपालमा पनि अग्रेजी नयाँ वर्ष मनाउने क्रम बढेपछि शनिवार वल्र्ड लिंकले जावलाखेल मैदानमा मेलाको आयोजना गरेको हो ।

इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले यो मेलाको आयोजना गरिएको वल्र्ड लिंकले जनाएको छ । शनिवार सम्पन्न भएको मेलामा १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका थिए । मेलामा इन्टरनेटबारे ग्राहकका अनुभव तथा चाहनालाई समेत बुझ्ने काम गरिएको आयोजकले जनाएको छ । साथै ग्राहकका सुझाव अनुरुप आगामी दिनमा वल्र्डलिंकलाई अगाडि बढाउँदै लगिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

वल्डलिंकले आफ्ना ग्राहकलाई नजिकबाट चिन्ने तथा प्रत्यक्ष कुराकानी गरी आफ्ना ग्राहकको कस्तो प्रतिक्रिया छ त्यसलाई सँगसँगै लगेर अझ राम्रो तथा गुणस्तरीय सेवा दिने प्रयत्न गर्दै आएको जनाएको छ ।

भेटघाट र शुभकामना आदानप्रदानका लागि गरिएको मेला प्रवेश निःशुल्क गरिएको थियो । सांगीतिक प्रस्तुति, फुड स्टल, फन गेम्स, म्याजिक सो, फेस पेन्टिङ लगायतका स्टलहरुमा यूवाहरुको भिड लागेको थियो । मेलामा लोकप्रिय ब्यान्ड कुटुम्ब, गायकहरु स्वप्न सुमन, नीतेशजंग कुँवर, सविन कार्की (बिष्ट) र द साउन्ड अफ स्ट्रिम्स लगायतले आआफ्ना प्रस्तुति प्रस्तुत गरेका थएि ।

वल्र्डलिंकले हाल देशका अधिकांश जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा विस्तार गरेको छ ।

Loading...