बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् ।

बेलुन उडाउने क्रममा आगो सल्किएर उनीहरू घाइते भएका हुन् । उनीहरुको अनुहारमा जलन भएको छ । 

दुबैलाई थप उपचारको लागि किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको ५ देखि ६ प्रतिशत शरीर जलेको अस्पतालले जानकारी दिएको छ । उपचारमा २ जना प्राध्यापक डाक्टरसहित आधा दर्जन डाक्टर खटिएका छन् ।