विभिन्न ठगी तथा कीर्ते काम गरेर कालो सुचीमा रहेको सपरोस परिवर्तन नामक गैरसरकारी संस्थाले फेरि अर्को गैरकानूनी काम गरेको जानकारीमा आएको छ ।
वैदेशिक सम्मेलनका लागि दक्षिण कोरिया र अस्ट्रेलिया मुलुकमा त्यहाँको स्थानीय सरकारको आयोजनामा हुन लागेको टेक्नोलोजी, बिजनेश इन्टरप्रेनरशीप, म्यानेजमेन्ट तथा लिडरशिप विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा मानिसहरू पैठारी गर्न उक्त संस्था कालो सूचीमा पर्नुपूर्वको तिथिमिति मिलाएर परराष्ट्र मन्त्रालयमा स्वीकृतिका लागि फायल पुर्याएको जानकारी हुन आएको छ ।
सम्मेलनमा मानिस पठाउन स्वीकृतिका लागि बिचौलीयाहरूमार्फत मनग्य आर्थिक चलखेल भइरहेको सुन्नमा आएको छ ।
सो सम्मेलनमा सहभागिताका लागि विभिन्न निकायका जिम्मेवार व्यक्तिहरू र काठमाडौंस्थित गजुरमुखी मल्टी सेवा प्रा.लि. संचालकहरूको मिलेमतो देखिएको कुरा विषेश सूत्रबाट थाह हुन आएको छ ।
सो कार्यका लागि उक्त कालोसूचीमा परेको संस्थाले सर्कारी निकायका र गैरसरकारी निकायका पहुँचवाला व्यक्तिहरूलाई प्रयोग गरिरहेको जानकारी प्राप्त भएको छ ।
यस सम्मेलन र सम्मेलनमा सहभागिताका लागि कालोसूचीमा रहेको सपरोस संस्थाको चलखेल र सम्मेलनका बहानामा विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने कार्य भइरहेको जानकारी भएकोले उनीहरूको चलखेल पूरा भएमा अन्तराष्ट्रिय क्षेत्रमै नेपाल देशको छवि अझ गिर्नेछ भन्ने कुरा यसबारेमा नजिकबाट बुझिरहेका एक जानकारले बताएका छन् ।