साहित्यिक पत्रकार संघले एकैचोटि चारओटा पुरस्कार वितरण गर्यो

साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेर ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई समर्पण गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिया पुरस्कार’, कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ र कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ समर्पण गरेका थिए ।

कथाकार पौडेललाई नगद ५१ हजार राशिसहित मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको थियो भने लोकप्रिया पुरस्कारबाट १० हजार १०० राशिसहित साहित्यकार शर्मा पुरस्कृत भएका हुन् ।

कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारे आआफ्नो मन्तव्य राखेका थिए ।

यसैगरी शारदाकालीन कवयित्री लोकप्रिया देवीकी सुपुत्री शशी रिमालद्वारा ‘लोकप्रिया’ बारे कविता वाचन भएको थियो भने नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ‘रोदन’ले पुरस्कार निर्णायक समितिको धारणा प्रस्तुस्त गरेका थिए ।

कथाकार किशोर पहाडीको लघुकथा वाचनबाट उद्घाटन गरिएको सो कार्यक्रममा कथाकारहरू सत्या अधिकारी, ध्रुवराज थापा, मन्जिला अनिल र शान्ता तिमिल्सिनाले आ-आफ्ना लघुकथा वाचन  गरेका थिए ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व भएको सो कार्यक्रममा अन्य अतिथिहरू प्रा.डा. सुरेन्द्र के.सी., साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी तथा गीतकार शोभित उप्रेतील लगायतकि उपस्थिति थियो ।

सभापतिको आसनबाट अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले आआफ्नो मन्तव्य राखेका थिए ।
साहित्यिक पत्रकार संघका महासचिव डा. दामोदर पुडासैनी ‘किशोर’ले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा क्यानडबाट आएका गोविन्दसिंह राउत र प्रमोद सारङ्गलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू शरद प्रधान, मधुवन पौडेल, प्रा.डा. गोविन्दमान सिंह कार्की, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, लता केसी, डा. बुनु दाहाल, डा. शान्तिमाया गिरी, मधुवन पौडेल, विजयध्वज थापा, पवन आलोक, देविका तिमिल्सिना, दिव्य गिरी, मधु पाठक, कृष्ण बाउसे, राजेश खनाल, सुरेश आचार्य, निर्मलरमण पराजुली, मुरारि सिग्देल, तुलसीहरि कोइराला, रमेशनाथ खनाल, ऋतु कँडेल, नरहरि प्रेमी, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, विमल भौकाजी, विक्रमभक्त जोशी, राज रजक, गीता कार्की, ललिता दोषी, भानुप्रकाश जोशी, रूकु कार्की, निरा श्रेष्ठ महर्जन, द्वारिका ढुङ्गाना, विनोद नेपाल, प्रद्युम्न जोशी, लव खड्का, शेषराज शिवाकोटी, पद्मावती सिंह, तारा सुवेदी, डि।आर राई, मीरा गोतामे, नरहरि प्रेमी, दिलीप श्रेष्ठ, सरस्वती गौतम, रक्ष रैका मगर, शेषराज शिवाकोटी, शुशीला देउजा, रत्नलक्ष्मी श्रेष्ठ, नीरु श्रेष्ठ, रितु कँडेल, कृष्ण बाउसे, डा. सावित्री श्रेष्ठलगायतका साहित्यकार पत्रकार तथा कलाकारको उल्लेख्य रूपमा उपस्थिति थियो ।

Loading...