चित्रमा भरत जंगमको “कालो सूर्य”

काठमाडौं । विश्वका विभिन्न चौध भाषामा प्रकाशित वरिष्ठ साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को आज चित्रमा प्रदर्शनी शुभारम्भ भयो ।

कलाकार इन्दु पन्तले तयार गर्नु भएको सो A Fusion of Art and Literature चित्रकला विश्वमा पहिलो प्रयोग रहेको हो ।

Anticorruption Academy ले आयोजना गरेको सो बिश्व प्राज्ञिक आकाशमा कला र साहित्यको सङ्गम (A fusion of Art and Literature)को उद्घाटन ललितकला प्रज्ञा प्रतिस्थानका कुलपती चर्चित कलाकर नारदमुनी र पूर्व कुलपति वरिष्ठ चित्रकार रागिनी उपाध्यायले संयुक्त रुपमा गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि कुलपति नारदमुनी, पूर्व कुलपति रागिनी, कलाकार इन्दू पन्त र साहित्यकार भरत जंगमले आआफ्नो मन्तव्य राख्नु भएको थियो । सो प्रदर्शनी फागुन ८ देखि फागुन १२ गतेसम्म नेपाल आर्ट काउन्सिलमा हुनेछ भने आगामी चैत ३ देखि ९ गतेसम्म ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा २७ थान चित्र राखिएका छन् । कार्यक्रमको संचालन Anticorruption Academy का अध्यक्ष अनुप जंगमले गरेका ।

Loading...