इन्द्र ध्वजा( यःसिं ) ठड्याएसँगै यस बर्षको इन्द्रजात्रा शुरु

काठमाडौं । काठमाडौं उपत्यकाको पराम्परागत जात्र इन्द्र जात्रा ( येँया ) आज ( बुधबार ) बाट सुरु भएको छ ।

काठमाडौ दरवार हनुमानढोकाको कालभैरव अगाडी शुक्रबार विहान सात बजेर पन्ध्र मिनेटको  शुभसाईतमा विधिवत रुपमा इन्द्र ध्वजा( यःसिं) ठड्याएसँगै यस बर्षको इन्द्रजात्रा शुरु भएको हो ।

उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुरमा नेवारहरुले धुमधामसँग मानाउने गर्दछन भने उपत्यका बाहिरका नेवार बाहुल्य स्थानहरु दोलखा, धुलिखेल लगायतका स्थानमा पनि मनाईन्छ ।

उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलाई नेवार भाषामा यः सिं भनिन्छ ।

नेपाल भाषामा ‘ यःसिं ’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ । उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन ।

सास्कृतिक रुपमा मनाइदै आएको यो पर्वमा जिवित देवता कुमारी ,गणेस र भैरवको रथा जात्रा माथिल्लो टोल र तल्लो टोल परिक्रमा गरिने परम्परा रहिआएको छ  हुने गर्दछ । 

इन्द्रजात्रा विदेशमा पनि नेवार समुदायहरुले हर्षोउल्लासका साथ मनाउने गरेको पाईन्छ ।

 

भिडियोको लागि यो लिंकमा प्रवेस गर्नुहोस –https://www.facebook.com/100003728166727/videos/842666470053539/

 

Loading...