रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् ।

लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।

उनले भने, ‘म आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान् मान्छेहरूको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु। ‘

लामिछानेले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको बताए । उनले, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’

Loading...