काठमाडौं । मतदाता नामावली संकलन कार्य पुनः सुचारु हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा असार १ गते (भोलि) देखि मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ ।
जिल्ला प्रशासनले सोमबार एक सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकहरूको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।